ओली-प्रचण्डले किन बोलाए आकस्मिक संसदीय दलको बैठक, यस्तो छ कारण

काठमाडौं ।

केपी ओली र प्रचण्डले आकस्मिकरुपमा आफ्नो पार्टी को संसदीय दलको बैठक सुरु भएको छ ।

प्रधानमन्त्री समेत रहेका ओली निवास बालुवाटारमा शुरु बैठकमा डाक्टर गोबिन्द केसीका मागमा भएका सहमतिबारे सांसदहरुलाई जानकारी गराइने संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।

सहमति अनुसार नै संशोधन दर्ता गराउनुपर्ने भएकाले सांसदहरुलाई सहमतिबारे ब्रिफिङ गर्न बैठक बोलाइएको नेम्बाङले जानकारी दिए । बैठकमा कांग्रेसको आन्दोलन, सरकारका कामलगायतका समसामयिक विषयमा पनि कुराकानी हुने नेकपाले जनाएको छ ।

जुम्ला पुगेर अनशन सुरु गरेका डा. गोबिन्द केसीले बिहिबार अनशन तोडेका छन् । चिकित्सा शिक्षा विधेयकमा सुधारको माग राख्दै २७ दिनदेखि अनशनरत केसी र सरकारबीच ९ बुदे भएपछि उनले अनशन तोडेका हुन् ।

डा केसीलाई नेकपाका नेता सुभाषचन्द्र नेम्वाङ र त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाले जुश खुवाएर अनशन तोडाएका हुन् ।

राती १० बजे केसी र सरकार पक्षबीच ९ बुँदे सहमतिमा हस्ताक्षर भएपछि केसीको २७ दिन लामो अनसन तोडिएको छ। यो सहमतिसँगै डा.केसीले राखेका अधिकांश माग पूरा भएका छन्।

उनका मागअनुसार संसदमा दर्ता भएको चिकित्सा शिक्षा विधेयकमा २२ वटा संशोधन गर्न सरकार तयार भएको हो। सरकारले संसदमा गरेको चिकित्सा विधेयक संशोधनसहित केसीले ७ वटा माग राखेका थिए।

२०७५ साउन ११ मा प्रकाशित ।

Loading...