युरोपमा नेपाली क्रिकेट टोलीको फराकिलो जित

काठमाडाैं, १० साउन । नेपाली क्रिकेट टाेलीले यूरोप भम्रणको अन्तिम अभ्यास खेलमा नेपालले फराकिलो जित हात पारेको छ । कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल र दीपेन्द्र सिंह ऐरीले अर्धशतक प्रहार गरेसँगै नेपालले इस्ट लण्डन शार्कलार्इ पराजित गरेकाे हाे ।

बिहीबार भएको टी-२० खेलमा नेपालले इस्ट लण्डन शार्कलाई १ सय ३४ रनको फराकिलो अन्तरले पराजित गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले तीन खेलाडीले अर्धशतक प्रहार गरेपछि निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ स ५१ रन बनाएको थियो।

नेपालका लागि ज्ञानेन्द्रले सर्वाधिक ७५ रन बनाए यस्तै पारसले ६७ रन जाेडे। ४७ बल खेलेका ज्ञानेन्द्रले ५ चौका र ६ छक्का प्रहार गरे भने पारसले ३० बल खेल्दै ७ चौका र ५ छक्का प्रहार गरे।यस्तै ऐरीले २६ बलमा ४ चौका र ६ छक्का प्रहार गर्दै नटआट ६७ रन बनाए।

इस्ट लण्डन शार्कले निर्धारित २० ओभर खेल्दा ९ विकेट गुमाएर १ सय १७ रनमात्रै बनाउन सक्यो। उसका तकि अब्बासले सर्वाधिक ३२ तथा हफिज यावरले २६ रन बनाए। नेपालका सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए। ३ ओभर बलिङ गरेका सन्दीपले १ मेडन राख्दै मात्र २ रन खर्चर ३ विकेट लिए। यस्तै ललित नारायण राजवंशीले २ तथा करण केसी, दीपेन्द्र सिंह ऐरी र शरद भेषावकरले १-१ विकेट लिए।

नेपालले एमसीसी, नेदरल्याण्ड्ससँग लर्डसमा टी-२० ट्राई सिरिज र एकदिवसीय सीरिज खेलेका ४ अभ्यास खेल खेलेको छ। जसमा ३ मा जित र १ मा हार बेहोर्यो। लर्डसमा नेपालले साउन १३ गते टी-२० सीरिज खेल्नेछ।

Loading...