सुन तस्कर गोरे गिरोहका नार्इके दुबर्इमा परे पक्राउ

काठमाडौं, १० साउन । सुन तस्करीमा केही समय अगाडि पक्राउ परेर जेल जीवन बितार्इरहेका चुडामढी उप्रेती गाेरे गिराेहका अर्का नार्इके पक्राउ परेका छन् । गाेरेका समेत नाइके मानिएका बिनु श्रेष्ठ नामका सुन तस्कर संयुक्त अरब इमिरेटसको दुबईमा पक्राउ परेकाे प्रहरीले जनाएकाे छ ।

बेनु दुवर्इमा बसेर भकाभक सुन नेपालमा पठाउँदै अाएका थिए । उनले नै सुन तस्करीका लागि चुडामणि उप्रेती ‘गोरे’ ग्याङ बनाएकाे पनि बताइन्छ । बेनुलार्इ यूएर्इ प्रहरीले इन्टरपोलको रेड नोटिसका अाधारमा पक्राउ गरेको हो।

काठमाडौं न्यूरोडमा सुन पसल संञ्चालक रहेका बेनुले नै सनम शाक्य हत्याका मुख्य आरोपी टेकराज मल्ललाई तस्करीमा प्रयोग गरेका थिए। बेनुको पसलमा कामगर्ने मल्ललाई उनले नै सुन भरियाका रुपमा प्रयोगगर्न गोरेको जिम्मा लगाएका थिए। मल्लले अनुसन्धान अधिकारीलाई दिएको लिखित बयानमा बेनुका बिषयमा बिस्तृत खुलाएका हुन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर हुने सुन तस्करीमा लामो समयदेखि सक्रिय रहेका बेनु दुबईमा लुकेर बसेको अवस्थामा पक्राउ परेका हुन्। उनले हुण्डी मार्फत नेपालबाट आउने रकम दुबईमा संकलन गर्थे। उनले नै अन्य आरोपीको सहयोगमा भरिया मार्फत सुन नेपाल पठाउदै आएका थिए।

गृह स्रोतका अनुसार बेनुलाई नेपाल झिकाउन आवश्यक कागजपत्र दुबई पुगिसकेको छ। बेनुसँगै असारको तेस्रो साता पक्राउ परेका गोरेका भाई रमेश उप्रेतीलाई समेत नेपाल ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ।

Loading...