डा. केसी र सरकारबीचको वार्तामा विवेकशील र कांग्रेसको भाँजो ! दुबै पक्षबीच आरोप प्रत्यारोप

काठमाडाैं । सरकारी वार्ता टाेली र अनसनरत डा. गाेविन्द केसीका तर्फबाट गठित वार्ताटाेलीबीचकाे वार्ता विना निष्कर्ष टुङ्गिएकाे छ । बुधवार सिंहदरवारस्थित शिक्षा मन्त्रालयमा भएकाे वार्ता भएकाे थियाे ।

वार्ता निष्कर्षमा नपुग्नुमा दुबै टाेलीले एक अर्कामाथि अाराेप लगाएका छन् । डा. केसी पक्षका वार्ता टाेलीले सरकार वार्तामा गम्भीर हुँदै नभएकाे अाराेप लगाएकाे छ भने सरकारी वार्ता टाेलीले उनीहरुले संसदीय प्रक्रिया ने नमानेकाे अाराेप लगाएकाे छ । त्यस्तै केसीकाे टाेलीले सरकारी टाेली चिकित्सा शिक्षा विधेयकमा कुरा गर्न नै तयार नभएकाे अाराेप लगाएकाे छ भने सरकारी वार्ता टाेलीले केसीका तर्फबाट कांग्रेस र विवेकशील साझा पार्टीका मान्छेहरु वार्तामा अाएकाे र उनीहरुकै कारण वार्ता भाँडिएकाे अाराेप लगाएका छन् ।

वार्तामा सरकारी वार्ता टाेलीले केसीकाे स्वास्थ्य बिग्रन नदिइ छिटाेभन्दा छिटाे सहमति गर्न जाेड दिएकाे तर वार्तामा अाएकाहरुले हलाे अड्काएर अाफ्नै अडान राखेकाे अाराेप लगाएकाे छ भने केसीका टाेलीले भने सरकार डा. केसीकाे स्वास्थ्यप्रति गम्भीर नै नभएकाे अाराेप लगाएकाे छ ।

बुधवारकाे वार्तामा चिकित्सा शिक्षा विधेयक नै छलफलकाे मुख्य विषय थियाे । केसी पक्षले विधेयकमा संशोधन गर्न २२ बुँदा प्रस्तुत गरेको थियाे । तर, त्यसमा सरकारी टाेली सकारात्मक भएन । स्राेतका अनुसार केसीका अन्य ६ मागमा भने दुवै पक्ष करिव सहमत रहेकाे बताइएकाे छ । तर, त्यसकाे अाधिकारिक धारणा भने अाइसकेकाे छैन ।

यसअघि मंगलबार पनि दुर्इ पक्षबीच वार्ता भएकाे थियाे । मंगलबारको वार्ता सकारात्मक भएको भन्दै दुवै पक्षले बुधबार सहमति हुने दाबी गरेका थिए । सहमतिको प्रारम्भिक खाका पनि तयार गरिएको थियो । केसी पक्षका वार्ताटोली सदस्य डा. जीवन क्षेत्रीले बुधबारको वार्तामा सरकारी टोली स्पष्ट खाकासहित नआएकाले छलफल नै अगाडि बढ्न नसकेको बताए ।

विधेयकका विषयमा स्पष्ट म्यान्डेटसहित आए मात्रै सरकारी टोलीसँग वार्ता हुने नत्र अब वार्ताको औचित्य सकिएको केसी पक्षका वार्ताटोली सदस्य डा. क्षेत्रीले बताए । ‘मंगलबार वार्ता सकारात्मक रूपमा अगाडि बढेको थियो । सरकार पनि संशोधनसहित अगाडि जाने भन्ने सहमति भएको थियो । तर, आज उहाँहरू के–के विषय संशोधन गरेर जाने भन्ने म्यान्डेट लिएर नआउँदा वार्ता अगाडि बढेन,’ उनले भने । सरकारी वार्ताटोलीका संयोजक खगराज बरालले भने राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा कुरा नमिलेपछि वार्ता अगाडि बढ्न नसकेको बताए ।

यसैबीच सरकारी वार्ता टाेलीले गोविन्द केसीका प्रतिनिधि र सरकारी प्रतिनिधिबीचको वार्ता कांग्रेस र विवेकशील साझा पार्टीले भाँडेका दावी प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले गरेका छन् । उनले केसी र सरकार पक्षबीच मंगलवार सातबुँदे सहमति समेत भएको जानकारी गराएका छन् । तर त्याे सहमतिलार्इ ताेड्न कांग्रेस नेता गगन थापा, विवेकशील साझाका सुरेन्द्र भण्डारी र ओमप्रकाश अर्याल लागेकाे उनले बताए । अर्यालले मंगलबार थापा, भण्डारी र अाेमप्रकाश अर्याल मंगलबार थापाथलीकाे होटेल क्रिस्टलमा बसेर थप बखेडा झिक्न लगाएकाले वार्ता सफल हुन नसकेकाे बताए ।

सल्लाहकार अर्यालले भने, ‘सरकारसँग भएको सहमति नमान्ने निष्कर्ष उनीहरूले हिजै निकालेका थिए । बुधवारको वार्तामा केसीका तर्फबाट आएका जीवन क्षेत्री र अभिषेक सिंह लचिलो रूपमा प्रस्तुत भएका थिए । तर, विवेकशील साझाका ओम अर्याल र सुरेन्द्र भण्डारीले भने हिजोको सहमति कार्यान्वयन गर्ने प्रक्रियाका विषयमा विवाद झिके ।”

Loading...