महासचिव विप्लवसहितका नेताहरु घेराबन्दीमा परेकाे खबर गलत, दमन गर्ने षड्यन्त्र : प्रकाण्ड

कमल बुढा, काठमाडौँ ।

बुधबार दिउसो केही अनलाइन मिडियाले महासचिव विप्लवसहितका केही नेताहरु प्रहरीको घेराबन्दीमा परेको भन्दै प्रकाशित गरेको भ्रामक समाचारको नेपाल कम्युनिष्ट पार्टीले खण्डन गरेको छ । साथै झुट्टा प्रचारवाजीको भ्रममा नपर्न सबैमा अपिल समेत गरेको छ ।

बुधबार नै नेकपाका प्रवक्ता प्रकाण्डले एक प्रेस विज्ञप्ती जारी गर्दै आफ्नो पार्टीका विरुद्धमा योजनाबद्धरुपमा नियोजित सड्यन्त्र थोपरेर पार्टीको लोकप्रियतालाई कमजोर बनाउन यस्तोप्रकारको कुप्रचार गरिएको बताएका छन् ।

जनविरोधी र राष्ट्रघाती सरकारले आफ्नो चरित्रमा पर्दा हाल्न राज्य आतंक मच्चाउने र देशलाई युद्धमा धकेल्ने षड्यन्त्र अनुरुप आफ्नो पार्टी र नेतृत्वको प्रहरीसंग मुठभेड भएको र घेराबन्दीमा परेको भन्ने झुट्ठा प्रचार गराइएको प्रकाण्डले बताएका छन् ।

प्रवक्ता प्रकाण्डले आफ्नो पार्टी एकीकृत जनजागरण अभियान अन्तर्गत जनताको वीचमा रहेको र देशैभर क्रान्तिप्रति नयाँ उत्साह र लहर चलिरहेको र तत्कालीन माकेबाट सयौंको संख्यामा पार्टी प्रवेश भइरहेको बेला उक्त गतिविधिलाई ओझेलमा पार्न सुनियोजितरुपमा यस्तो प्रचार युद्द सुरु गरिएको समेत बताएका छन् ।

यस्तै उनले बिज्ञप्ति मार्फत आफ्नो पार्टी यति बेला छैटौँ केन्द्रीय समितको वैठकको योजना अनुसार देशैभरी जनजागरण अभियान चलिरहेको र यस क्रममा पार्टी, जनता र जनवर्गीय संगठनहरु संग सम्विन्धित सयौँ कार्यक्रमहरु सम्पन्न भईरहेको समेत जानकारी दिएका छन् ।

प्रवक्ता प्रकाण्डले पार्टीको गतिविधिबाट आतंकित सरकारले देशैभरि हाम्रो पार्टी माथी हस्तक्षेप र दमन गर्दै आएको र त्यस क्रममा देशभरबाट दर्जनौको संख्यामा नेता तथा कार्यक्रताहरुलाई जेलनेल, हिरासत र झुट्टामुद्धा लगाएर आफ्नै कानुनको खिल्ली उडाएको बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ- “यो जनविरोधी र राष्ट्रधाति चरित्रमा पर्दा हाल्नको निम्ति देशमा राज्य आतंक मच्चाउने र देशलाई युद्धमा धकेल्ने षड्यन्त्र अन्र्तगत हाम्रो पार्टी र नेतृत्वको प्रहरी संग मुठभेट भएको र प्रहरीको घेरामा रहेको भन्ने झुट्टा प्रचारवाजी गरिएको छ । आम जनसमुदायलाई यो झुट्टा भ्रममा नपर्न पार्टी केन्द्रीय कार्यालय आग्रह गर्दछ ।”

हेर्नुहोस् बिज्ञप्ति जस्ताको त्यस्तै 

Loading...