गल्कोट समाज जापान कान्तोको अधिबेशन सम्पन्न,अध्यक्षमा साहनी

गल्कोट समाज जापान क्षेत्रीय समिति कान्तो (टोकियो)को चौथो अधिबेशन सम्पन्न भएको छ।

गल्कोट समाज क्षेत्रीय समिति टोकियोका अध्यक्ष निमबहादुर खड्काको अध्यक्षता र गल्कोट समाज जापानका केन्द्रीय अध्यक्ष नरबहादुर थापाको प्रमुख आतिथ्यतामा अधिबेशन सम्पन्न भएको हो।

उक्त अबसरमा गल्कोट समाज जापान केन्द्रका बरिष्ठ उपाध्यक्ष दिलु खत्री,उपाध्यक्ष कालिका थापा कोषाध्यक्ष बिजय भण्डारी तथा सदस्यहरु सविता श्रेष्ठ,भिम क्षेत्री,रत्नसिंह बस्नेत,धनबहादुर खत्री,लोकेश खत्री,भोजेन्द्र सुवेदी,डिला गैरे बिष्णु के सी, नवीन निउरे र क्षेत्रीय समिति टोकियोका प्रथम कार्यकालका अध्यक्ष केहरसिंह बस्नेत, सल्लाहकार बेलुकाजी थापा,रामकृष्ण बममल्ल लगायतका बिशेष ब्यक्तिहरुको उपस्थिति थियो।

प्रमुख अतिथिबाट राष्ट्रीय गीत बजाएर उद्घाटन गरिएको अधिबेशनको पहिलो चरण सदस्य सन्तोष पुनको स्वागत मन्तब्य बाट प्रारम्भ भएको थियो।सचिव लक्ष्मण कार्कीले संचालन गरेको अधिबेशनको यो चरणमा केहरसिंह बस्नेत,कालिका थापा,दिलु खत्री,बिष्णु के सी,रामकृष्ण बममल्ल तथा बेलुकाजी थापाले शुभकामना सहित आआफ्ना बिचार समेत राख्नु भएको थियो।

सचिव लक्ष्मण कार्कीले तेस्रो कार्यकालमा भएका कार्यहरु र कोषाध्यक्ष महेन्द्र साहनीले आय ब्यय प्रस्तुत गरे संगै अध्यक्ष निमबहादुर खड्काले आफ्नो कार्यकालमा साथ दिने सबैमा धन्यवाद दिदै चौथो कार्कालका लागि समिति चयन गर्ने संयोजकको ज़िम्मा बेलुकाजी थापालाई दिदै तेस्रो कार्यकाल बिघटन भएको घोषणा गरेर औपचारिक चरण समापन भएको थियो।

बेलुकाजी थापा संयोजक रहेको निर्वाचन समितिमा रामकृष्ण बममल्ल र कालिका थापा सदस्य रही निर्विरोध रुपमा महेन्द्र साहनी अध्यक्ष चयन हुनुभएको छ।

उपाध्यक्षहरुमा डिलाराम निउरे र रमेश कुमार खत्री चयन हुदा सचिवमा दुर्गाबहादुर खत्री र सहचिवमा रुपा थापा चयन हुनु भएको छ।त्यस्तै कोषाध्यक्ष राजु बस्नेत र सहकोषाध्यक्ष ईश्वर बस्नेत मनोनीत हुनुभएको छ भने सदस्यहरुमा सन्त बहादुर भण्डारी (गोविन्द)चेतराम गैरे,गणेश के सी,हरी भण्डारी,भिम बस्नेत,दिनेश थापा,दण्ड के सी,लाल बहादुर बस्नेत,चन्द्र बहादुर खत्री,कृष्ण गौतम,जिवन गैरे,जीतबहादुर खत्री(पुरन)प्रकाश निउरे,तारा प्रसाद गैरे चयन हुनु भएको छ।

Loading...