ओली-प्रचण्डबीच गोप्य वार्ता

काठमाडौँ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्प कमल दाहालबीच बालुवाटारमा गोप्य छलफल भएको छ ।

देशको समसामयिक राजनीतिक परिस्थिति र सरकारका तत्कालिन कामका बारेमा छलफल गर्न गोप्य बैठक बसेको नेकपा निकट श्रोतले बताएको छ ।

यस्तै दुइ अध्यक्षबिच प्राध्यापक डाक्टर गोविन्द केसीको २१ दिनदेखि जारी अनशनको बिषयमा समेत छलफल भएको बताइएको छ । तर केसीको अनशनबारे हालसम्म आफ्नो अधिकारिक धारणा सार्बजनिक गरिनसकेका प्रचण्डले ओलीसंग के कुरा गरेका छन् भन्ने कुरा अझै बाहिर आइसकेको छैन ।

धानमन्त्रीको सरकारी निवास बालुवाटारमा भइरहेको भेटवार्तामा केसीको अनशनबाट उत्पन्न जटिलता समाधान गर्नेबारेमा दुई नेताबीच छलफल भइरहेको स्रोतले जनाएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भइरहेको भेटवार्तामा केसीको अनशनबाट उत्पन्न जटिलता समाधान गर्नेबारेमा दुई नेताबीच छलफल भइरहेको स्रोतले जनाएको छ ।

केसीको अनशन २१ औँ दिनमा पुगिसक्दा पनि मौन रहँदै आएका प्रचण्ड र सरकारको नेतृत्व गरिरहेका ओलीबिच भएको छलफललाइ निकै अर्थपूर्ण रुपमा हेरिएको छ ।

जुम्लास्थित अस्पतालमा प्रहरीले केसीको अनशनमाथि हस्तक्षेप गरेपछि केसी प्रकरणले सरकार अफ्ठेरोमा परेको अवस्थामा पनि प्रचण्ड मौन रहँदै आएका थिए ।

Loading...