अनुचित बल प्रयोगबात मानव अधिकारको संरक्ष्ण हुन नसक्ने – आयोग ( भिडियो र बिज्ञप्ति सहित )

अन्धाधुन्द लाठि चार्ज तोडफोडका घटना नितान्त निन्दनीय

श्रावण ४ काठमाडौँ /  अनसन स्थल जुम्लामाबात डा गोविन्द के .सी. लाई काठमाडौँ लैजान खलङ्गा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेका प्रहरी र डा के सी समर्थक स्वाथ्यकर्मी एवं चिकित्सा शिक्षा अध्यनरत् विद्यार्थीबीच अस्पताल भित्रै झडपको बिषयमा राष्ट्रिय मानवाधिकार आयोगले गम्भीर ध्यान आकर्षण भएको जनाएको छ ।
आयोजले जुम्लाको उक्त घटनाको अनुगमन गर्दै धर्नामा रहेका डा के.सी.समर्थनले अनसनरत डा के.सी लाइ काठमाडौँ लैजान अनसन स्थलमा पुगेका कर्णाली प्रदेशका मुख्य मन्त्रि महेन्द्र बहादुर शाही ,कानुनमन्त्री नरेश भण्डारी र शुरक्षाकर्मिहरुलाई अवरोध गर्ने क्रममा प्रहरीले लाठि चार्ज गर्दा १ दजन भन्दा बदी घाइते भएका थिए । झडपमा तिन चिकित्सक ,एक प्रहरी गम्भीर हुनुका साथै अस्पतालमा रहेका स्वास्थ्य उपकरण तथा अस्पताल भवन समेत क्षेति भएको तथा अस्पतालमा उपचारार्थ बिरामी त्रसित भएका थिए । आयोगले भने – अनुगमनबात प्राप्त सुचनाको आधारमा प्रहरीले अस्पतालमा अन्धाधुन्द लाठि चार्ज गरिरहदा परिस्थितिलाइ तत्काल रोक्न नेपाल सरकार गृह सचिवमार्फत गृह मन्त्रालयलाइ आयोगले तत्काल मौखिक निर्देशन दिएको बताएको छ ।
अनुचित बल प्रयोगबात मानव अधिकारको संरक्ष्ण हुन नसक्ने भन्दै आयॉगले प्रहरी प्रवेश गरि गरिएको कुटपिट , उपकरण लगाएमा तोडफोडका घटना नितान्त निन्दनीय भएको बताएको छ ।
आयोगका प्रवक्ता मोहना अन्सारी द्वारा हस्ताक्षेरित बिज्ञप्तिमा सार्थक वार्ता र संवादबात समस्याको समाधान गर्न संबन्धित पक्षलाइ आग्रह गरेको छ । 

डा. केसीका समर्थक डाक्टर र नर्सको टाउकैटाउकामा यसरी हान्यो प्रहरीले भिडियोमा हेर्नुहोस्

डा. केसीका समर्थक डाक्टर र नर्सको टाउकैटाउकामा यसरी हान्यो प्रहरीले भिडियोमा हेर्नुहोस्

Posted by Online Dabali on Thursday, 19 July 2018

Loading...