नारायणगढ–मुग्लिन सडकखण्डमा फेरी पहिरो, आवतजावत ठप्प

काठमाडौं ।

पहिरो खसेपछि नारायणगढ—मुग्लिन सडक खण्ड आज पनि अवरुद्ध बनेको छ । इच्छाकामना गाउँपालिका–६, टोपेखोलामा बिहीबार बिहान करीव ५ः३० बजे खसेको पहिराले सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख वेदप्रसाद गौतमले जानकारी दिए ।

पहिरो ठूलो भएकोले पन्छाउन केही समय लाग्ने उनको भनाइ छ । गएराति सो क्षेत्रमा ठूलो पानी परेकोले पहिरो गएको हो । सडक निर्माणका क्रममा विभिन्न ठाउँमा भित्तो काटिएका कारण यो सडकखण्डमा पहिरो जाने रसडक भाँसिने समस्या देखिँदै आएको छ ।

२०७५ साउन ३ मा प्रकाशित ।

Loading...