ओली-प्रचण्डले केन्द्रीय नेताहरुलाई गाउँपालिका इन्चार्ज बनाउने तयारी गरेपछि

काठमाडौं ।

केपी ओली र प्रचण्ड नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाले आफ्ना केन्द्रीय सदस्यको संख्या ह्वातै बढेपछि नीहरुलाई दुई गाउँपािलकाको इन्चार्जको जिम्मेवारी दिने भएको छ ।

९ सदस्यीय केन्द्रीय सचिवालयले अन्तिम चरणमा पुर्याएको विधानमा केन्द्रीय सदस्यहरुलार्य गाउँपालिका/नगरपालिकाको इन्चार्ज बनाउने तयारी गरेको नरेन्द्र साउदले लेखेका छन् ।

अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल बसेर सहमति जनाउनासाथ विधान छाप्न पठाइने सचिवालयका एक सदस्यलाई उदृत गर्दै अन्नपूर्णले जनाएको छ । विगतमा एमालेका केन्द्रीय सदस्यलाई जिल्ला इन्चार्जको जिम्मेवारी दिइन्थ्यो ।

पार्टी एकतापछि केन्द्रीय सदस्यलाई स्थानीय तहको इन्चार्ज बनाउने व्यवस्था विधानमा गरिएको उच्च स्रोतलाई उदृत गर्दै लेखिएको छ ।

त्यस्तै, अन्नपूर्णमै नेकपाले पाटीृका कम्तीमा साढे २ लाखभन्दा बढी संगठित सदस्यलाई प्रत्यक्ष पार्टी जिम्मेवारी दिने भएको समेत लेखेको छ ।

पार्टीको सर्वोच्च निकाय केन्द्रीय समितिदेखि वडा कमिटीसम्म २ लाख ५० हजारभन्दा बढीले प्रत्यक्ष पार्टी किमिटीको जिम्मेवारी पाउन लागेको समाचारमा जनाइएको छ ।

२०७५ असार ३२ मा प्रकाशित ।

Loading...