प्रतिनिधिसभाबाट शोक प्रस्ताव पारित

काठमाडौं ।

प्रतिनिधिसभाले पूर्व–सदस्य तथा पूर्व राज्यमन्त्री मोहम्मद मुस्तक आलमप्रति शोक प्रस्ताव पारित गरेको छ ।

प्रतिनिधिसभाको आइतबार बसेको बैठकले आलमको निधनमा शोक प्रस्ताव पारित गरेको हो । आलम २०७० सालमा तत्कालीन मधेसी जनअधिकार फोरमको तर्फबाट रौतहट जिल्ला, क्षेत्र नम्बर २ बाट संविधानसभामा निर्वाचित हुनुभएको थियो ।

अहिले नेपाल कम्युनिष्ट पार्टीका सदस्य आलमको ५३ वर्षको उमेरमा बाँसवारीस्थित गंगालाल अस्पतालमा हृदयरोगको उपचारको क्रममा असार २९ गते बेलुका पौने ७ बजे निधन भएको थियो । उहाँको निधनमा प्रतिनिधिसभा बैठकले शोक प्रस्ताव पारित गर्दै समवेदना प्रकट गरेको छ ।

प्रतिनिधिसभाको अर्को बैक असार ३२ गते १ बजेका लागि बोलाइएको छ ।

२०७५ असार ३१ मा प्रकाशित ।

Loading...