अमेरिकी सेरेनालाई हराउँदै जर्मनीकी एन्जेलिकले जितिन् विम्बल्डन टेनिसको उपाधि

काठमाडौं ।

अमेरिकी सेरेना विलियम्सलाई हराउँदै जर्मनीकी एन्जेलिक केर्बेरले विम्बल्डन टेनिसको उपाधि जितेकी छिन् । शनिबार सेन्टर कोर्टमा भएको फाइनल खेलमा केर्बेरले सेरेनालाई ६-३ र ६-३ को सोझो सेटमा सहजै पराजित गरिन् ।

३० वर्षीया केर्बेरको यो तेस्रो ग्राण्डस्लाम उपाधि हो । उनले यसअघि युएस ओपन र अष्ट्रेलियन ओपन जितेकी थिइन् । ३६ वर्षीया सेरेना हालै सुत्केरी भएकी थिइन् । उनी ९ महिनापछि मैदान छिरेकी थिइन् ।

२०७५ असार ३१ मा प्रकाशित ।

Loading...