अखिल क्रान्तिकारीको अध्यक्षमा सिंह निर्वाचित

धनगढी । 

अखिल क्रान्तिकारीको कैलाली अध्यक्षमा बबरजंज सिंह निर्वाचित भएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीको शनिबार सम्पन्न २० औं जिल्ला सम्मेलनले सिंहको अध्यक्षमा ३५ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको छ ।

सम्मेलनले उपाध्यक्षमा पदम काफ्ले, सचिव सुवास जोशी, सह–सचिव महेश पातली र कोषाअध्यक्षमा लोकेश जासी निर्वाचित भएका छन् ।

शिक्षा क्षेत्रमा दलाली, माफियाकरण दिनप्रतिदिन बढिरहेको भन्दै गरिबका छोराछोरीको पहुँचमा शिक्षालाई पुर्याउन नयाँ खाले आन्दोलन गर्ने नवनिर्वाचित अध्यक्ष सिंहले बताए ।

सिटिइभिटीले शूल्कवृद्धि गर्न लागेको भन्दै केन्द्रबाट घोषणा गरिएका संघर्षका कार्यक्रमहरुलाई जिल्लामा पनि शसक्त रुपमा कार्यान्वयन गर्ने सिंहले बताए ।

२०७५ असार ३१ मा प्रकाशित ।

Loading...