प्रचण्ड र बादललार्इ जेल हाल्न छविलालका आफन्तको माग

काठमाडौँ, २८ असार । गोरखा फुजेलका केही स्थानीयले कृष्णप्रसाद अधिकारी हत्या आरोपमा कारागारमा रहेका छविलाल पौडेल निर्दोष रहेको भन्दै तत्काल रिहा गर्न माग गरेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालमा ‘फुजेल, गोरखाका सचेत नागरिक परिवार’ले पत्रकार सम्मेलन गरेर यस्तो माग गरेका हुन । परशुराम पौडेलले पे्रस विज्ञप्ती वाचन गर्दै कारागारामा रहेका छविलाललाई तत्काल रिहा गर्न माग गरे ।

‘छविलाल पौडेल निर्दोष हुनुहुन्छ, उहाँ हाम्रो गाउँको विकासवादी नेता हो, उहाँ घरमा बस्नुभएको हुन्थ्यो, उहाँलाई फरार भनेर समाचार लेखिन्थ्यो, तर त्यस्ता समाचारले उहाँलाई पीडामा पाथ्र्यो’, उनले भने, ‘सर्वोच्च अदालतको आदेशलाई शिरोधार गर्दै गंगामायाले कानुनसम्मत न्याय पाउन् भनेर र आफू निर्दोष छु भनेर अदालत जानु भएको हो ।’

त्यस्तै कार्यक्रममा महाप्रसाद पौडेलले छविलाल पौडेल निर्दोष रहेको भन्दै नन्दप्रसाद अधिकारी र गंगामायाले पारिवारिक रिसिईबीका कारण आफन्तहरुलाई फसाउन खोजेको आरोप लगाए ।

‘कृष्णप्रसाद अधिकारीे हत्याको जिम्मेवारी तात्कालिन माओवादीले लिइएको र आज आएर परिवारका सदस्यहरुलाई फसाउन खोज्नु अन्यायमा पार्नु हो’, उनले भने, ‘नन्दप्रसादकी बुहारीलाई अंश नदिएर चर्को आर्थिक अभावमा पारेको देखेर गाउँलेहरुले अंश दिलाउन पहल गरेको कुरालाई रिसिइबीका रुपमा लिएर गाउँलेहरु पनि छोराको हत्यारा हुन भनेर किटानी दिएको कुरा स्पष्ट छ।’

त्यस्तै गोरखा फुजेलका ठाकुर देवकोटाले जनयुद्धका सञ्चालक प्रचण्ड, बादल, पासाङलाई यस घट्नाको जिम्मा लिन आग्रह गरेका छन् । ‘जनयुद्धका कमाण्डरहरु आज मालिक बनेर मोज गरिरहेका छन्, अनावश्यक आरोप खेपेर हाम्रा आफन्तहरुले जेल बस्नुपर्ने ?’, उलने प्रश्न गरे, ‘ यदि जेल जानुपर्ने हो भने प्रचण्डले जानुपर्यो, होइन भने निर्दोष मानिसहलाई फसाउने काम भएको छ, त्यो द्वन्द्वकालको घट्ना हो, छविलाललाई बिना सर्त रिहाईको माग गर्दछु ।’

‘मृतक कृष्ण अधिकारीका दाजु नुरप्रसाद अधिकारीले गाउँलेहरुको सार्वजनिक जीवनमाथि प्रश्न चिन्ह लगाउने काम गरिहरका छन’्, उनले भने, ‘उनले भाइको न्यायका लागि काम कम तर कमाउ धन्दा बढी गरिहरको छन्, आफ्ना छोरा र श्रीमतीलाई घर निकाला गरेर अलपत्रमा पारेका छन्, उक्त घट्ना एकतर्फी प्रचार गरिएकोमा हाम्रो गम्भिर आपत्ति रहेको छ ।’

उक्त घट्नालाई एकतर्फी रुपमा मात्रै प्रचार गरी आफूहरुको सार्वजनिक जीवन र चरित्र हत्या गर्ने प्रयास भएको भन्दै त्यस्तो प्रयासको अन्त्य होस् भन्ने आफूहरुले चाहेको परिवारको भनाइ छ । ७८ वर्षीया छविलाल पौडेलको हालै आँखाको शल्यक्रिया गरिएको थियो । उनी उच्च रक्तचाप र पिसावसम्बन्धी समस्याबाट ग्रसित रहेको परिवारले जनाएको छ ।

Loading...