चीन विश्रवकै दोस्रो शक्र्तिशाली देश, भारत चौथो

काठमाडाैं । चीन सैन्य शक्तिको दृष्टिकोणले विश्वकै दाेस्राे शक्तिशाली मुलुक बनेकाे छ । त्यसैगरी भारत भने विश्वकै चौथो शक्तिशाली मुलुक भएको छ ।

भारतकाे कट्टर विराेधी मानिने पाकिस्तानकाे र्याङ्क भने याे वर्ष घटेकाे छ । पाकिस्तान सैन्य शक्तिमा यस वर्ष १३ अाै स्थानमा रहेकाे छ । गत वर्ष पाकिस्तान विश्वकै शक्तिशाली मुलुकको सूचीमा ९ औं स्थानमा थियो । यो वर्ष यो मुलुक १३ औं स्थानमा कायम भएको छ । यो भन्दा पहिले पाकिस्तान भारत भन्दा ९ स्थान तल थियो । अब १३ स्थानले पछि परेको छ । विभिन्न मुलुकको सैन्य क्षमता अनुमान गर्ने संस्था ग्लोबल फायर पावरले २०१८ को सूचीमा यो जानकारी दिएको हो ।

ग्लोबल फायर पावरले २०१८ को सूचीका लागि १३६ देशको सैन्य शक्तिको अनुमान लगाएको छ । देशको भौगोलिक स्थिति, बन्दोबस्तीको सामानलाई एक देशबाट अर्को देशमा लाने क्षमता, प्राकृतिक संसाधन तथा औद्योगिक समर्थनको आधारमा देशलाई अंक दिइएको छ । देशको आर्थिक स्थिरता तथा उसको रक्षा बजेटको सूचीमा महत्वपूर्ण रुपमा समावेश गरिएको छ । सूचीमा देशको परमाणु क्षमता तथा त्याहाँको राजनीतिक नेतृत्वलाई समावेश गरिएको छैन ।

Loading...