सशस्त्र प्रहरीका पाँच एआईजीद्वारा राजीनामा, यस्तो छ कारण

काठमाडौं । 

सशस्त्र प्रहरीका पाँचजना अतिरिक्त महानिरीक्षक (एआईजी)ले राजीनामा दिएका छन् । सरकारले अघिल्लो सरकारका सबै नियुक्तिलाई खारेज गरेसँगै सशस्त्रका एआईजीले राजिनामा दिएका हुन् ।

एआईजीहरु जानकीराज भट्टराई, सुवोध अधिकारी, निराकारविक्रम शाह, खडानन्द चौधरी र राजेश श्रेष्ठले सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालमार्फत विहीबार राजीनामा दिएका छन् ।

महानिरीक्षिक खनालले राजिनामा आजै गृह मन्त्रालयका निमित्त सचिव रामकृष्ण सुवेदीलाई बुझाईसकेका छन् ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले १४ जेठ २०७४ देखि शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको सबै नियुक्तिहरु खारेज गर्ने निर्णय गरेको थियो । यो निर्णयसँगै प्रदेश प्रमुख पनि समस्या परेका छन् ।

२०७५ असार २१ मा प्रकाशित ।

Loading...