काभ्रेली समाज जापानको अधिवेशन सम्पन्न,अध्यक्षमा तामाङ चयन

काभ्रेली समाज जापानको दोश्रो अधिवेशन अाइतबार टोकियोमा सम्पन्न भएको छ ।अधिवेशनले समिर टी. तामाङलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ ।

टोकियोको शिनओकुबो स्थित सोलमारी हलमा सम्पन्न उक्त अधिवेशनले बरिष्ठ उपाध्यक्षमा मन्जु गिरी र प्रकाश लामालाई चयन गरेको छ भने उपाध्यक्षमा लनाम लामा,छोईसाङ लामा र देवराज उप्रेतीलाई चयन गरेको छ ।समाजको महासचिवमा इन्द्र तामाङ ,उप- महासचिवमा सम्झना लामा, सचिबमा प्रकाश भेटवाल र रामहरी गौतम चयन् भएका छन ।

त्यसैगरी कोषाध्यक्षमा कुन्साङ थिङ ,सह-कोषध्यक्षमा देवेन्द्र योन्जन चयन भएका छन ।सदस्यहहरूमा अखिल लामा, गोपाल थोकर, सुदीप तामाङ, शर्मिला लामा, निर्मला तामाङ, नीरज तामाङ, निर्मल बल तामाङ,बिजिता वन, कान्छा मोक्तान र रंजित गौतम रहेका छन ।

कार्यक्रमका प्रमुख अतिथि युवा व्यवसायी भुवन अधिकारीले काभ्रेली समाजका लागि आफु जस्तो सुकै सहयोग गर्न तयार रहेको बताउदै अधिवेशन सफलताको शुभकामना ब्यक्त गर्नुभयो ।

समाजका संस्थापक अध्यक्ष मेख ब. वाइवा लामाले छोटो कार्यकालमा काभ्रेली समाजले महत्वपूर्ण कार्यक्रमहरु गरेको र आगामी दिनहरूमा पनि साथ र सहयोग रहने प्रतिबद्धता ब्यक्त गरे ।

नव निर्वाचित अध्यक्ष समिर टी. तामाङले अब काभ्रेली समाजलाई अहिले सम्मको प्रतिष्ठालाई जोगाइ थप नया कार्ययोजनाहरुका साथ जापानवासी काभ्रेलीहरु माझ आपसी भाईचारा, मेलमिलाप सहित जिल्लाका विकास तथा थप सामाजिक क्षेत्रमा सहयोग गर्ने उद्धेश्य सहित कार्यसमितिलाई सबै जनाको सल्लाह अनुसार समेट्दै लैजाने बताए ।

उक्त कार्यक्रममा जापानमा अाई बिभिन्न पेशा ब्यवसाय गरिरहेका काभ्रेलीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

Loading...