काङ्ग्रेसको अवरोधपछि राईनासको नगरसभा स्थगित

लमजुङ ।

नेपाली काग्रेसले अबरोध गरेपछि लमजुड्डको राईनास नगरपालिकाको नगरसभा रोकिएको छ । दुईतिहाई बहुमति बोकेको नेपाली काग्रेसले जनमतको आडमा नगरपालिकाको दिगो बिकासमा बाँधा पुरयाउन खोजेको भन्दै नगर प्रमुख सिंह बहादुर थापाले आपत्ती जनाएका छन ।

केन्दीय अनुदानको भरमा नगर सञ्चालन गर्नुपर्ने अबस्था भएपनि हरेक बर्ष केही न केही दिर्घकालिन महत्वका संरचनाहरु र्निमाण गर्ने आफ्नो अभिप्राय भएपनि नेपाली काग्रेसबाट र्निबाचित केही वडा अध्यक्षहरुले अनाबस्यक बखेडा झिकेको उनको भनाई छ । कनिका छरेजस्तो तरिकाले अबको बिकास संभव नहुने मेयर सिंहले जिकिर गरे । हरेक बर्ष महत्वकाक्षी संरचनाहरु र्निमाण गरेर राईनासलाई बिकासको गतिमा लैजाने कुरामा उहाँहरुको बिरोधको कुनै अर्थ नभएको थापाले बताए ।

नगरपालिकाले यो बर्षबाट टुक्रे कार्यक्रम भन्दा पनि दिगो बिकासका कार्यक्रमहरु ल्याउने कुरामा काग्रेस आत्तिन पर्ने कुनै कारण नभएको नेकपाका राईनासका नेता पुर्ण बहादुर गुरुड्डले जानकारी दिए । नगरपालिका र्निबाचित भएर आए पछि आफु पार्टीकै कार्यकर्ता हुँ भन्ने सोच्न भन्दा पनि जनताको सेवक हुँ भन्ने भावनाले काम गर्न उनले जनप्रतिनिधिहरुलाई सुझाव पनि दिए । स्थानिय तहमा पक्ष विपक्ष भन्ने संबिधानमा समेत नभएकोले काग्रेसले प्रतिपक्ष मानसिकता नराख्न उनले अनुरोध पनि गरेका छन ।

काग्रेसले भने आफुहरुले वडा बाट सिफारिस गरेर ल्याएका योजनाहरु मेयरले हटाएको आरोप लगाएको छ । जनतालाई आबस्यक पर्ने योजना छनौटमा आनाकानी गरेकाले आफुहरुले संशोधन प्रस्ताव पेश गरेको काग्रेसको दावि छ । अस्वभाविक रुपमा आफ्नो भेगमा मात्र बजेट लैजाने मेयरको कृयाकलापका कारण आफुहरुले बिरोध गरेको राईनास २ का वडा अध्यक्ष रामचन्द्र अधिकारीले जानकारी दिए । स्वभाविक रुपमा आएका योजना बाहेक दिर्घकालिन महत्वको योजनाहरु वडा नं १,२,३ मा ल्याउन मेयर सकारात्मक नदेखिएको उनको आरोप छ । परिषद असार ३१ गते सम्म स्थगित गरिएको छ ।

२०७५ असार १७ मा प्रकाशित

Loading...