कारको सिटमुनि यति धेरै भारु नोटका चाङ भेटिएपछि

कारको सिटमुनी लुकाएर अवैध रुपमा भारतबाट नेपाल भित्र्याउन लागेको १३ लाख १३ हजार ६६० भारतीय रुपिया“ नेपाल प्रहरीले कपिलवस्तुको कृष्णनगर–२ लिंकगेटबाट बरामद गरेको छ । साथै प्रहरीले कार र दुई जना मानिसलाई समेत नियन्त्रणमा लिएको छ ।

भारतको हरियाणाबाट काठमाडौंतर्फ जान लागेको एचआर ०८ एक्स ६०८८ नम्बरको टोयटा कारलाई चेकजा“चका क्रममा सो रकम फेला परेको हो ।
इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक सूर्य बोगटी र लिंकगेटका प्रहरी नायब निरीक्षक पवन पछाई नेतृत्वको संयुक्त टोलीले शंका लागेर कारमा चेकजा“च गर्दा ठूलो परिमाणको भारतीय नोट भेटिएको प्रहरीले जनाएको छ ।

लिंकगेटमा रोकिएको कारमा चेकजा“च गर्न लाग्दा चालक भारतको पञ्जाब बस्ने लावसिंह हेण्डिल लक गरी फरार भएपछि प्रहरीलाई शंका लागि कारभित्र खानतलास गर्दा सिटमुनि लुकाएको अवस्थामा भारतीय नोट फेला पारेको लिंकगेटका प्रहरी नायब निरीक्षक पवन पछाईले जानकारी दिए । 

भारतबाट बढीमा २५ हजार भारतीय नोट मात्र नेपाल ल्याउन पाइने कानुनी प्रावधान भए पनि ठूलो परिमाणमा भारतीय नोट नेपाल भित्र्याएकाले नोट बरामद गरिएको प्रहरी निरीक्षक सूर्य बोगटीले बताए । 

सिटमुनी रकमका बिटो चाङ लगाएर राखेको देखेपछि कारमा सवार दुई जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरी निरीक्षक बोगटीले जनाए । 

चाबी लिएर चालक नै फरार भएपछि कारलाई जेसीबीले तानेर प्रहरी परिसरसम्म ल्याएको प्रहरी निरीक्षक बोगटीले बताए । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक मनोज कुमार यादवसहितको रोहबरमा कारबाट रकम झिकी गणना गरिएको थियो ।

प्रहरीका अनुसार कारको सिटमुनीबाट १२ लाख ४० हजार १२० रुपिया“ र दुई जनाबाट ७३ हजार ५ सय भारतीय नोट बरामद गरिएको थियो ।‘चेकजा“चका क्रममा दुई हजारका १८ वटा नोट, ५ सयका २४ गड्डी र ७५ वटा नोट, २ सयको १ गड्डी, एक सयको २ गड्डी, ५० को २ वटा र १० को ६ वटा नोट भेटियो’ – प्रहरी निरीक्षक बोगटीले भने । 

नोट ओसारपसारमा संलग्न दुई जना र कारलाई नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अगाडि बढाइएको बोगटीको भनाइ छ । कारमा सवार भारतको कैदेल हरियाणा घर बताउने ४२ वर्षे राजेन्द्र जाड र नेपालको कञ्चनपुर गैरीगंगा नगरपालिका ६, बनभेडा घर भई भारतको हरियाणास्थित होटल सञ्चालन गर्ने ४६ वर्षे महेन्द्र ओझालाई विशेष अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरी निरीक्षक बोगटीले बताए । 

Loading...