पर्यटन पत्रकार संघ प्रदेश ४ को अध्यक्षमा बाँस्तोला

पोखरा ।

नेपाल पर्यटन पत्रकार संघ प्रदेश नं. ४ को प्रथम अधिवेशनबाट अध्यक्षमा हरि बाँस्तोला (कास्की) सर्वसम्मत चयन भएका छन् । 
शुक्रबार पोखरा भएको अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा कास्कीका गोविन्द सुवेदी निर्वाचित भएका छन् । 

यस्तै महिला उपाध्यक्षमा जमुना शर्मा ‘वर्षा’ (कास्की), महासचिवमा घनश्याम पाण्डे (कास्की), सचिवमा विजय राना (बागलुङ), समावेशी सचिवमा कमला राना (नवलपुर) र कोषाध्यक्षमा रोहित बस्नेत चयन भएका छन् । 

त्यसैगरी, सदस्यहरूमा सन्तोष गौतम (म्याग्दी), राजन उपाध्याय (तनहुँ), सुशील सुवेदी (स्याङ्जा), रत्ना गुरुङ (कास्की), रोहितराज पराजुली (कास्की) र भूपाल गुरुङ (कास्की) रहेका छन् । 

यसअघि, अधिवेशनको उद्घाटन गर्दै संघका केन्द्रीय अध्यक्ष धनिराम शर्मा (ऋृतुविचार )ले बिट पत्रकारितालाई स्थापित गर्ने उद्देश्यले संघको स्थापना भएको स्पष्ट पारे । 

विषय विज्ञता र बिटका आधारमा नेपाली पत्रकारिता क्षेत्रले अझै फड्को मार्न सक्ने भन्दै अध्यक्ष शर्माले प्रदेश नं. ४ पर्यटनको प्रमुख गन्तव्य भएको र पर्यटन पत्रकारिताको समेत राम्रो सम्भावना भएको उल्लेख गरे । 

नेपाल पत्रकार महासंघ प्रदेश नं. ४ का अध्यक्ष त्रिभुवन पौडेलले बिट पत्रकारिता गरिरहेका पत्रकारहरू संगठित हुनु सकारात्मक भएको भन्दै यस्ता संघसंगठनले नेपाली पत्रकारितालाई अझै बलियो बनाउने विश्वास व्यक्त गरे । 

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्की शाखाका अध्यक्ष एमबी आस्था मगरले पर्यटन क्षेत्रको विकासमा पत्रकारिता क्षेत्रले ठूलो टेवा दिन सक्ने भन्दै पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि संघले अग्रणी भूमिका खेल्ने अपेक्षा गरे । 

नेपाल पर्यटन पत्रकार संघ प्रदेश नं. ४ का तदर्थ समितिका अध्यक्ष हरि बाँस्तोलाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव घनश्याम पाण्डेले गरेका थिए ।

Loading...