सृष्टिको निरन्तरता नहुने समस्याबारे उपयोगी पुस्तक

काठमाडाै‌ । सृष्टिको निरन्तरता हो, बच्चा । बच्चा जन्मिएर पहिलोपल्ट हातमा पर्दा हुने खुसीको बयान कमै हुन्छ । निःसन्तानले सन्तान पाउँदाको सुख र दुःखका बारेमा लेखिएको किताब ‘सन्तान सुख’ शनिबार लोकार्पण भएको हो । डा. उमा श्रीवास्तवद्वारा लेखिएको पुस्तक वरिष्ठ डाक्टर एलबी थापाले लोकार्पण गरेका हुन् ।

डा. एलबी थापाले नेपाली जनमानसमा यस्तो खालको पुस्तक आएकोमा खुसी व्यक्त गरे । डा. भोला रिजालले निःसन्तानका लागि आफू पनि लागिरहेको तर समय अभावमा लेख्न नसकेको बताउँदै डा. उमाले समय मिलाएर पुस्तक ल्याएकोमा खुसी व्यक्त गरे ।

लेखक डा. श्रीवास्तवले भोगाइ समेटिएको पुस्तक सन्तान सुख आफ्नो लागि भन्दा पनि निःसन्तान दम्पतीले घचघच्याएकाले लेखेको बताइन् । पुस्तक घोस्ट राइटिङ नेपालले प्रकाशन गरेको हो ।

Loading...