मेयरको हत्या आरोपमा सहरका सबै प्रहरी गिरफ्तार

काठमाडाैं । मेक्सीकोको शहर ओकाम्पोस्थित एउटा पूरै पुलिस विभागलाई मेयरका उम्मेद्वारको हत्यामा संलग्न भएको आशंकामा पक्राउ गरिएको छ ।

६४ वर्षका फर्नान्डो एन्जेल्स जुआरेजको तीन अज्ञात बन्दुकधारीले गत बिहिबार उनको घर बाहिर गोली हानी हत्या गरेका थिए । जुलाई १ तारिखदेखि मेक्सीकोमा आम निर्वाचन हुँदैन । सेप्टेम्बरदेखि यहाँ एक सय २० नेताको हत्या भइसकेको छ । मिचोअकान राज्यमा पछिल्लो एक हप्तामा हत्या हुनेमा एन्जेल्स तेस्रो नेता हुन् ।

हत्यापछि संघीय पुलिसले शनिबार शहरका २७ पुलिस अधिकारी र सार्वजनिक सुरक्षा स्थानीय सचिवलाई पक्राउ गरेको छ । एन्जेल्स एक सफल व्यवसायी थिए । उनको राजनीतिमा रुची थियो । सुरुमा उनले चुनावमा निर्दलीय उम्मेद्वारको रुपमा लड्ने घोषणा गरेका थिए तर पछि उनी मेक्सीकोको एक ठूलो राजनीतिक पार्टी डेमोक्रेपटक रिभोलुशनमा आबद्ध भएका थिए ।

एन्जेल्सका नजिकका साथी मिग्योल मालागोनले इआई युनिभर्सल पत्रिकालाई भने, ‘उनी गरिबी, असमानता र भ्रष्टाचार देख्न सक्दैनथे, त्यसकारण उनले चुनाव लड्ने निर्णय गरे ।’

हत्याको आरोप ओकाम्पोका सुरक्षा सचिव ओस्कर गोन्जालेज गार्सियामाथि लागेको छ । मेक्सीकोको संघीय पुलिसले उनलाई शनिबार पक्राउ गर्न जाँदा स्थानीय पुलिस अधिकारीले रोकेका थिए ।

त्यसपछि आइतबार दलबलसहित पुगेको संघीय पुलिसले स्थानीय पुलिस विभागलाई पक्राउ गरेको हो । पुलिस अधिकारीलाई हत्कडी लगाएर सोधपुछका लागि राजधानी ल्याइएको छ ।

सुरक्षा सचिव र उनका पुलिसमाथि राज्यको संगठित आपराधिक समूहसँग सम्बन्ध राखेको आरोप लागेको छ । अर्को हप्ता मेक्सिकोमा राष्ट्रपति, सांसद र मेयरका लागि चुनाव हुँदै छ ।

Loading...