भारतले लगायो माल्दिभ्समाथि अघोषित नाकाबन्दी

काठमाडाैं, १२ असार । भारतले माल्दिभ्सलाई पठाउने अत्यावश्यक सामग्रीको परिमाणमा कटौती गरी अघोषित नाकाबन्दी गरेको छ । आलु, प्याज, अण्डासमेत अन्य खाद्यवस्तुको निर्यातमा भारतले कम गर्ने निर्णय गरेको हो ।

भारत सरकारको यस्तो कदमले माल्दिभ्सले खाद्य सामग्रीको कमीको सामना गर्नुपर्ने बीबीसीले बताएको छ । यसले भारत र माल्दिभ्सबीचको खराब सम्बन्ध दर्साउँछ । भारतले यसका लागि नयाँ नोटिफिकेशन जारी गरेको बताइएको छ ।

यद्यपी, माल्दिभ्सको मिडियामा त्यहाँका ट्रेडिङ्ग अर्गनाइजेशनका निर्देशक अहमद शाहीरको बयान छापिएको छ जसमा उनले मानिसहरुलाई भारतको उक्त कदमले दैनिक उपभोग्य वस्तुको कुनै कमी नहुने आश्वासन दिएका छन् । बीबीसीका अनुसार अहिलेसम्म भारतले माल्दिभ्सको मागमा दैनिक उपभोग्य वस्तुका हरेक सामग्रीको निर्यात अत्यधिक मात्रामा गर्दै आएको छ ।

भारतको विदेशी व्यापार निर्देशनालयले गत हप्ता एउटा नोटिफिकेशन जारी गरेको थियो । सरकारको सूत्र अनुसार भारतले माल्दिभ्ससँग सन् २०१८–१९ का लागि व्यापारको नयाँ नियम बनेको छ । यो एकतर्फी निर्णय नभएको भारतीय सरकारले बताएको छ ।

Loading...