अखिल क्रान्तिकारीको कैलाली संयोजकमा बबरजङ चयन

धनगढी । 

अनेरास्ववियु (क्रान्तिकारी) को कैलाली संयोजकमा बबरजङ सिंह चयन भएका छन् । आइतबार बसेको जिल्ला समितिको बैठकले सिंहको संयोजकतत्वमा २९ सदस्यीय जिल्ला समिति चयन गरेको छ । त्यस्तै बैठकले रमेश साउदलाई सहसंयोजक चयन गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीको बैठकले यही असार ३० गते संगठनको जिल्ला सम्मेलन गर्ने निर्णय पनि गरेको छ । सम्मेलनलाई शैक्षिक क्षेत्रमा मौलाइरहेका विकृति विसंगतिविरुद्धको अभियानको रुपमा सम्पन्न गर्ने निर्णय गरेको संयोजक सिंहले जानकारी दिए ।

बैठकमा उपस्थित संगठनका केन्द्रीय सदस्य तथा सेती संयोजक विरेन्द्र बिकले दलालीकरण, व्यपारीकरणसँगै मनमानी शूल्कविरुद्ध संगठनले दोस्रो चरणको संघर्षमा प्रवेश गरेको जानकारी गराउँदै त्यसलाई जिल्लामा पनि लागु गर्नुपर्ने बताए । उनले जिल्लामा मनमनी शूल्कवृद्धि फिर्ता गराउनुका साथै शिक्षामा भइरहेको भ्रष्टाचारलाई पनि अनुगमन गर्न निर्देशन दिएका थिए ।

यसअघि अखिल क्रान्तिकारिको जिल्ला अध्यक्ष झलक बिक थिए ।

२०७५ असार ११ मा प्रकाशित

Loading...