काठमाडौँ नगर बजेट १३ अर्ब दुई करोड १२ लाख, शिक्षामा १ अर्व १० करोड-( भिडियो सहित )

महानगरले तोक्यो जग्गा मुल्य , सवारिपार्किंगमा अब लाग्छ शुल्क , अनधिकृत पार्किंगमा भारि जरिवाना

असार १० ,काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७५/७६ का लागि १३ अर्ब दुई करोड १२ लाख ३७ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । तेस्रो अधिवेसनको दोश्रो नगरसभाको आइतबारको बैठकमा बजेट प्रस्तुत भएको हो ।

” समृद्द सुरक्षित र जिवन्त ,स्वच्छ र सुन्दर काठमाडौँ महानगर ” बनाउने दिर्घकालिन लक्ष्य र उदेश्यका साथ नगर उप-प्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ) ले बजेट प्रस्तुत गर्नु भएको हो ।
वडास्तरीय पूर्वाधार निर्माणका लागि रु तीन अर्ब छ करोड २५ लाख, कार्यालय सञ्चालन र प्रशासनिक खर्चका लागि रु एक अर्ब ९३ करोड, शिक्षामा रु एक अर्ब १० करोड ४६ लाख र हनुमानढोका–स्वयम्भू जोड्ने पदमार्ग निर्माण र ढुंगेधारा संरक्षणमा रु ५१ करोड ६७ लाख विनियोजन गरिएको छ ।

भवन निर्माण र सवारी सधान तथा अन्य गरि भौतिक सम्पत्ति खरिद बिषयमा रु दुई अर्ब ३६ करोड एक लाख येसैगरि बहुचर्चित मोनोरेल, विद्युतीय बस, फ्लाइ स्काई ब्रिज, सार्वजनिक शौचालयलगायतको पूर्वसम्भाव्यता अध्ययनका लागि तथा अन्य विस्तृत परियोजना (डिपिआर) तयार पार्न रु १५ करोड १० लाख बजेट छुट्याइएको छ । सबैभन्दा अधिक ३ अर्व ६ करोड २५ लाख पूर्वाधार बिकाश अन्तर्गत सुबिधा सम्पन्न सडक व्यबस्थापना र विकाश ,व्यबस्थित ढल ,व्यबस्थापन , प्रदुषण नियेंत्रण र ब्यबस्थित याता यातको संचालन ,एेतिहासिक रानीपोखरी र कष्ठामंड़प लगाएत अन्य संरचना रहेका छन् ।

बजेटको स्रोतमा आन्तरिक आयतर्फ रु चार अर्ब ९० करोड २१ लाख ५७ हजार, बाह्य स्रोतबाट रु पाँच अर्ब १९ करोड र अन्य स्रोतबाट रु एक अर्ब चार करोड ११ लाख अनुमान गरिएको छ ।

कामपाले चालू आव २०७४÷७५ का लागि रु १२ अर्ब ८७ करोड ८९ लाख ४७ हजार विनियोजन गरेको थियो । चालू आवको वैशाख मसान्तसम्ममा रु तीन अर्ब २८ करोड ८४ लाख ७ हजार खर्च गरेको छ । जुन अनुमानित खर्चको २५ दशमलव ५३ प्रतिशत हो । यो बजेट चालू आवको तुलनामा आगामी आवको बजेट रु एक अर्वले बढी रहेको छ ।

चालू आवमा रु १२ अर्व ८७ करोड ९४ लाख राजस्व संकलनको लक्ष्य राखेकामा आन्तरिकतर्फ रु पाँच अर्व ४८ करोड १६ लाख र बाह्य स्रोतबाट रु सात अर्ब ३९ करोड ७८ लाख असुली गर्ने लक्ष्य रहेको थियो । आवको वैशाख मसान्तसम्ममा आन्तरिक आयतर्फ रु एक अर्ब ५९ करोड ७३ लाख र बाह्यतर्फ गर्दा रु दुई अर्व ७४ करोड ५१ लाख गरी कूल रु चार अर्ब ३४ करोड २४ लाख राजस्व असुल गरिएको हो । यो अनुमानित आम्दानीको ४२ दशमलव २७ प्रतिशत रहेको छ ।

महानगरले चालू आवमा घरबहाल करमा भने अस्पष्टता जनाउदै बहालकर असुल गर्ने नीति स्पष्ट नभएको र ठूला करदातालाई समेत करको दायरामा ल्याउन नसकेको बताउदै स्थानीय तहको कार्यक्षेत्र संविधानले स्पष्ट गरेपनि आवश्यक कानून समय भित्रै तर्जुमा हुन नसकेको र करदाताको यथार्थ विवरण संकलन गर्न नसकेको कारणले गर्दा अपेक्षित राजश्व हासिल गर्न नसकिएको जनाएको छ ।

महानगरले नयाँ मूल्याकंनअनुसार जग्गाको नयाँ मूल्याकंन दर कायम गरेको छ । यो मुल्य चलनचल्ती दामभन्दा पनि सरकारी मूल्यांकन निक्कै न्यून रहेको छ ।
महानगरभित्रका सडकको दाँयाबाँया रहेका जग्गाको मूल्यांकन सार्वजनिक गर्दै प्रतिआना १० लाखदेखि ६० लाखसम्म कायम गरेको छ । सबैभन्दा बढी ठमेल, असन, भोटाहिटी, दरबारमार्ग, जमल लगायतका क्षेत्रको जग्गाको दाम प्रतिआना ६० लाख तोकेको छ । यसअघि सो क्षेत्रको भाउ प्रतिआना ५० लाख रहिआएको थियो । आगामी आर्थिक वर्ष ०७५÷७६ को बजेट सार्वजनिक गर्दै महानगरपालिकाले केशरमहल प्रवेशद्वारदेखि पश्चिम ठमेल मूलचोक हुँदै क्षेत्रपाटी चोकसम्मको मूलबाटोमा जोडिएका जग्गाको नया मूल्यांकन प्रतिआना ६० लाख रुपैयाँ कायम गरेको छ । यस्तै महानगरको भित्री शहरको रुपमा चिनिने हनुमानढोका, इन्द्रचोक, असन, भोटाहिटीलगायतका क्षेत्रमा पनि यही दर कायम गरिएको उपप्रमुख हरिप्रभा खड्गीले जानकारी दिनुभयो ।

यसै गरि महानगरले राजधानीमा छिट्टैनै तीन किसिमको दरका पार्किङ शुल्क तोकेको छ । जसमध्य कम भिड हुनेदेखि लिएर भिड हुने दरबारमार्ग, न्युरोड त्रिपुरेश्वर, रत्नपार्क क्षेत्रहरूमा प्रतिघण्टा दुई पांग्रेका लागि १५ देखि २५ रुपैयाँ, चार पांग्रेका लागि ४० देखि ८० रुपैयाँ र चार पांग्रेभन्दा बढीका लागि एक सयदेखि तीन सय रुपैयाँ लिने व्यवस्था गरेको छ । निजी क्षेत्रकोलागि महानगरपालिकाबाट अनुमति लिएर मात्र व्यवसाय दर्ता गरी सःशुल्क पार्किङ व्यवसाय सञ्चालन गर्न पाउने ब्येबस्था गरेको छ । शुल्क दर महानगरपालिकाले नै तोकिने भएको छ । जथाभाबी सार्वोजनिक स्थलमा सवारी साधन पार्किङ गरेमा अब १ हजार ५ सयदेखि पाँच हजारसम्म जरिवाना अशुल्ने व्यवस्था गरेको छ । मोटरसाइकलले १ हजार ५ सय, तीन पांग्रे सवारी साधनलाई २ हजार ५ सय, चार पांग्रे हुलका सवारी साधनलाई तीन हजार र ठूला सवारी साधनलाई पाँच हजार जरिवाना हुनेछ ।

ये महानगर पालिकां आर्थिक विधेयक ,२०७५ विनियोजन विधेयक ,२०७५ व बजेट बक्तब्य पिथन

ये महानगर पालिकां आर्थिक विधेयक ,२०७५ विनियोजन विधेयक ,२०७५ व बजेट बक्तब्य पिथन

Posted by झीगु स: मंका स: on Sunday, 24 June 2018

Loading...