विश्वकप फुटबल: शनिबारको खेलमा को–को भिड्दैछन्, यस्तो छ तालिका

मस्को । 

विश्वकप फुटबलमा आज तीन खेल हुनेछन् । समूह ‘जी’को खेलमा बेल्जियम र ट्युनिसिया भिड्नेछन् । यो खेल मस्कोको स्पार्टाक एरिनामा नेपाली समय अनुसार आज साँझ पौने ६ बजे सुरु हुनेछ ।

बेल्जियमले आफ्नो पहिलो खेलमा पानामालाई ३–० ले हराएको थियो भने ट्युनिसियाले इंग्ल्याण्डसँग २–१ को हार बेहोरेको थियो ।

आजै बेलुकी पौने ९ बजे दक्षिण कोरिया र मेक्सिको भिड्नेछन् । पहिलो खेलमा मेक्सिकोले जर्मनीलाई १–० ले हराउँदा दक्षिण कोरियालाई स्वीडेनले १–० ले पराजित गरेको थियो ।

यही समूहको अर्को खेलमा जर्मनी र स्वीडेन आमने–सामने हुँदैछन् । यो खेल नेपाली समय अनुसार आज राति पौने १२ बजे सोचीस्थित ओलम्पिक रंगशालामा हुनेछ ।

पहिलो खेलमा मेक्सिकोसँग पराजित जर्मनी आज जित्नैपर्ने दबाबमा छ । उता पहिलो खेलमा कोरियालाई हराएको स्वीडेन भने आज साविक विजेता जर्मनीलाई कुनै पनि हालतमा रोक्ने अभियानमा हुनेछ ।

Loading...