विश्वकप: स्वीजरल्यान्डद्वारा सर्बिया पराजित,

काठमाडौं ।

रुसमा जारी विश्वकप फुटबलअन्तर्गत शुक्रबार राति भएको खेलमा स्वीजरल्यान्डले सर्बियालाई हराएको छ । स्वीजरल्यान्डले सर्बियालाई २–१ गोलअन्तरले पराजित गर्यो । खेलमा अलेक्जेन्डर मिट्रोभिकले पाँचौ मिनेटमा सर्बियालाई अग्रता दिलाए।

त्यसलाई बराबरी गर्न स्वीजरल्यान्डलाई लामो समय कुर्नुपर्यो। स्वीजरल्यान्डका ग्रनित छक्काले ५२औँ मिनेटमा गोल गरे खेलमा बराबरी ल्याए। हसर्न सकिरीले ९० औँ मिनेटमा गोल गर्दै स्वीजरल्यानडलाई विजयी बनाए ।

यसअघि स्वीजरल्याण्डले ब्राजिलसँग बराबरी खेलेर अंक बाँडेको थियो भने सर्बियाले कोस्टारिकालाई हराएको थियो । यो समूहमा ब्राजिल, स्वीजरल्याण्ड र सर्बियाको समभावना अर्को चरण प्रवेशका लागि कायमै छ । कोस्टारिका भने बाहिरिसकेको छ ।

आ–आफ्नो अन्तिम खेलमा स्वीजरल्याण्डले कोस्टारिका र सर्बियाले ब्राजिललाई हराएको खण्डमा ब्राजिल पनि समूहबाट आउन हुनेछ । त्यसैले अबको खेल यी तीन टीमलाई जित्नैपर्ने दबाब छ । अथवा, ब्राजिलले सर्बियासँग बराबरी खेल्न सक्यो भने पनि अर्को चरण प्रवेश गर्नेछ ।

समूहमा ब्राजिल र स्वीजरल्याण्डको समान ४–४ अंक छ भने सर्बियाको ३ अंक । कोस्टारिका भने अंकबिहिन छ ।

२०७५ असार ९ मा प्रकाशित 

Loading...