हारसँगै अर्जेन्टिनाको विश्वकप यात्रा कठिन, मेस्सिको जादू चलेन

काठमाडौं ।

जारी विश्वकपमा गएराति गएको खेलमा क्रोएसियाले अर्जेन्टिनालाई नमज्जाको धक्का दिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा अर्जेन्टिना ३–० ले पराजित हुन पुग्यो।

पहिलो हाफ बराबरीमा सकिएको थियो । दोस्रो हाफको ५३ ओँ मिनेटमा एन्टे रेविकले क्रोएसियालाई अग्रता दिलाए । अर्जेन्टिनाले खेलको ८० औं मिनेटमा अर्को झट्का बेहोर्यो। क्रोएसियाका मोड्रिकले दोस्रो गोल गरे । त्यस्तै, ९१ औं मिनेटमा इभान राकिटिचले गोल गरेपछि क्रोएसिया ३–० गोल अन्तरले विजयी भयो ।

जीतसँगै क्रोएशिया ६ अंक बटुल्दै दोस्रो चरण प्रवेश गरेको छ।
हारले अर्जेन्टिनाको दोस्रो चरण प्रवेश कठिन बनेको छ । खेलमा विश्व चचिृत फुटबलर एवं अर्जेन्टिनी सटाइकर लियोनल मेस्सिको कुनै जादू चल्न सकेन ।

२०७५ असार ८ मा प्रकाशित 

Loading...