राजदूत राणाको एक बर्षे समिक्षा

जापानका लागि नेपाली राजदूत प्रतिभा राणाले जापानमा आफनो कार्यकाल नेपाल र नेपालीका लागि फलदायी भएको दावी गर्नुभएको छ।

मंगलबार राजदूत निवासमा आयोजना गरिएको एक कार्यक्रममा राजदूत राणाले आफनो कार्यकालमा भएका कार्यप्रगति सहित विभिन्न कार्यक्रमका बारेमा सविस्तार जानकारी गराउनु भयो। एक वर्ष भित्र जापानका राजा सहित प्रधानमन्त्री लगायतका उच्चतहमा विशेष भेटघाट सम्पन्न भएको भन्दै उहाँले निकट भविश्यमा जापान र नेपालमा उच्चपदस्त अधिकारीहरुको भ्रमणको तयारी भईरहेको जानकारी दिनुभयो।

वर्तमान सरकारको कार्ययोजना अनुरुप आफु र टोकियो स्थित दूतावास परिवारले नेपालको विकास र समृद्धिका लागि जापानका सरकारी तथा विभिन्न निकायमा सकृय साथ र सहयोगका लागि पहल भएको जानकारी दिनुभयो।

पर्यटन प्रर्वद्धन कार्यक्रम

जापानबाट नेपालमा पर्यटन अभिवृद्धिका लागि जापानका मिडिया देखि जापानका पर्यटन व्यवसायीहरुसंग निरन्तर छलफल तथा वैठकहरुको आयोजना गरिएको जानकारी दिनुभयो। नेपाल सरकारका लागि मुख्य दाताका रुपमा रहेको जापान सरकारका तर्फबाट सदैव सकारात्मक रुपमा लिएको दावी गर्नुभयो।
नेपाल जापान सम्वन्ध दरिलो
आफनो कार्यकालमा नेपाल र जापानको सम्वन्धको ६० वर्षगाठका विभिन्न कार्यक्रम आयोजना गरिएसंगै दुई मुलुकको आपसी सम्वन्धलाई दरिलो राख्न निरन्तर सकृय रहेको जानकारी दिनुभयो।

नेपालीहरुको समस्या समाधानका लागि सकृय
जापानमा आएसंगै दूतावासमा आउने नेपाली नेपाली बीचका विभिन्न समस्याको समाधानका लागि विशेष पहल भएको भन्दै उहाँले दूतावासको समिपमा आएर समस्या राख्ने सवैले न्याय पाएको तथा न्यायका लागि सहयोग गरेको उहाँको दावी थियो।
दूतावासका लागि नयाँ भवन खोजी कार्य तिव्र
दूतावासको हालको कार्यालय सानो भएको गुनासोलाई नेपाल सरकारले सम्वोधन गर्न नयाँ भवन खरिद गर्ने योजना अनुरुप विभिन्न छ स्थानमा भवनको अवलोकन गरिएको र हालसम्म उपयुक्त भवन नपाईएको जानकारी दिनुभयो। नयाँ भवनका लागि जापानवासी नेपालीहरुले आफनो तर्फबाट समेत खोजीका लागि सहयोग गर्न अपील गर्नुभयो।

दशै अघि नै नेपाल जापान सिधा हवाईसेवा सुरु (((( पर्यटन सचिव देवकोटा
जापान सरकारको निमन्त्रणामा टोकियो आईपुग्नु भएको पर्यटन मन्त्रालयका सचिव कृष्ण देवकोटाले सातामा १४ उडान सहित सातामा तीनवटा फरक मुलुकमा हवाई उडान अनुमति पाउदा नेपालमा पर्यटन प्रर्वद्धनमा टेवा पुग्ने दावी गर्नुभयो।
टोकियो दूतावासले राजदूत निवासमा आयोजना गरेको रात्री भोज सहितको विशेष भेटघाट कार्यक्रममा सचिव देवकोटाले विगत लामो समयस देखि सिधा हवाई उडान हुन नसक्दा नेपाली सहित जापानी पर्यटकहरुको सख्यामा वृद्धि हुने जानकारी दिनुभयो।
नेपालमा दर्ता भएको विदेशी हवाईजाहाज र नेपालीहरुको लगानी भएको हवाई कम्पनीले नेपालको प्रतिनिधित्व गर्दै उडान अनुमति पाउने सम्झौता भएको जानकारी दिनुभयो।
यसैगरि सचिव देवकोटाले एसिया प्यासिफिक क्षेत्रका पर्यटन व्यवसायी र ट्राभल्स कम्पनीहरुसंग सरकारी तवरबाटै सिधै व्यवसायीक सेमिनारको आयोजना गरिने तयारी गरिएको बताउनुभयो।

नेपाल अतिशान्त र सुरक्षित मुलुक

यसैवीच सचिव देवकोटाले विदेशी पर्यटकका लागि नेपाल अति सुरक्षित मुलुक रहेको विशेष तथ्य बारेमा जानकारी दिन नसकिएको भन्दै नेपाली युवा विश्वमा कुनैपनि मुलुकमा हिंसात्मक अपराधमा संलग्न नभएको वारेमा थाहा दिन आवश्यक रहेको बताउनुभयो। विश्वमा लाखौको सख्यामा छरिएर रहेका नेपालीहरु कोहीपनि र काहीपनि मानविय हिंसा अपराधमा संलग्न भएको बारेमा विदेशीलाई जानकारी दिनसके पर्यटक वढने तर्क राख्नुभयो।
सामान्य अपराधमा नेपालीहरुको संलग्नता पाईएपनि नेपालीहरु अहिंसावादी नभएको तर्फ जानकारी दिदै नेपाल अति शान्त र सुरक्षित मुलुक भएको जानकारी दिलाउन सवैको पहल आवश्यक रहेको बताउनु भयो।

एनआरएनए जापान र पर्यटन सचिव बीच विशेष भेटवार्ता
११ आँै नेपाल फेष्टिवल आयोजना गर्न लागिएको पूर्वसध्यामा आयोजक गैरआवासीय नेपालीसंघ एनआरएनए जापानका पदाधिकारीहरुले पर्यटन सचिव कृष्ण देवकोटासंग विशेष भेटघाट गरेका छन।

जापानका लागि नेपाली राजदूत प्रतिभा राणाको निवासमा भएको भेटघाट कार्यक्रममा एनआरएनए जापानका अध्यक्ष टासी वाङदी लामा, वरिष्ठ उपाध्यक्ष देवीलाल भण्डारी, प्रवक्ता पर्शुराम बस्नेत सहित निवर्तमान अध्यक्ष तथा एनआरएन आईसीसी युवासंयोजक सुदन थापाले ११ आँै पटकसम्म जापानमा नेपाल फेष्टिवल कार्यक्रम गर्दा नेपाल सरकारको आधिकारीक निकायको सहभागिता हुन नसकेको तर्फ ध्यानाकर्षण गराउनु भएको थियो। समारोहमा एनआरएनए एसिया प्यासिफिक संयोजक किरण विक्रम थापा, उपसंयोजक पारशमणी पोखरेल, नेपाल पत्रकारमहासंघ जापानका अध्यक्ष मोहन घले लगायतले फेष्टिवल मार्फत जापानीहरुमा नेपाली सकृति र नेपाल चिनाउन टेवा पुर्याउदै आएको जानकारी गराउनुभएको थियो।
राजदूत निवासमा आयोजित कार्यक्रममा नेपाल सरकार पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाल, टोकियो स्थित नेपाली दूतावासका उपनियोग प्रमुख कृष्णचन्द्र अर्याल, दितिय सचिव टोपनारायण गिरी, दूतावासका कर्मचारी प्रेम बराल लगायतका विभिन्न राजनीतिक दलका भातृसंगठनका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो।

Loading...