कोलम्बियामाथि जापानको एेतिहासिक जित, दक्षिण अमेरिकी राष्ट्रमाथि जापानको पहिलो जित

काठमाडाैं । १० खेलाडीमा सीमित कोलम्बियामाथि विश्वकपको पहिलो खेलमा जापानले एेतिहासिक जित हात पारेको छ। कोलम्बियामाथि कुनैपनि स्तरमा जापानको यो पहिलो जित हो। यस्तै कोलम्बियालार्इ पराजित गर्दै दक्षिण अमेरिकी राष्ट्रलार्इ पराजित गर्ने जापान एसियाको पहिलो राष्ट्र बनेको छ।

एसियनले राष्ट्रहरुले १७ पटक दक्षिण अमेरिकी राष्ट्रहरुसँग खेलेपनि जित हात पार्न सकेका थिएनन्। १८अौं पटकमा भने एसियाली राष्ट्र जापानले दक्षिण अमेरिकी राष्ट्रमाथि एेतिहासिक जित हात पारेको हो। यी खेलमा १३ पटक एसियाली राष्ट्र पराजित भएका छन भने ३ चोटी बराबरी खेलेका छन।

मंगलबार भएको खेलमा यसअघिको विश्वकपमा ४-१ ले पराजित जापानले कोलम्बियालार्इ २-१ गोल अन्तरले पराजित गरेको हो। जापानले २०१० पछि पहिलोपटक जित हात पारेको हो। अन्तिम पटक उसले विश्वकपमा डेनमार्कलार्इ २०१० मा जित हात पारेको थियो।

खेलको तेस्रो मिनेटमै कोलम्बियाका कार्लोस सान्चेजले रातो कार्ड पाउँदै मैदान छाडेपछि कोलम्बिया १० खेलाडीमा सीमित भएको थियो। त्यसबाट पाएको पेनाल्टीमा सिन्जी खागवाले पेनाल्टीमा गोल गर्दै जापानलार्इ सुरुवाती अग्रता दिलाएका थिए।

खेलको ३८औं मिनेटमा कोलम्बियाका जोन क्वीनटेरोले फ्रिकिक मार्फत कोलम्बियाका लागि बराबरी गोल फर्काएका थिए। यस्तै ७३ औं युआ ओसाकोले हेडर मार्फत जापानलाई निर्णायक गोल दिलाएका हुन्।

१६ वर्षपछि सेनेगलले पनि निकाल्याे सनसनीपूर्ण जित

विश्वकप फुटबल अन्तर्गत समूह चरणको खेलमा अफ्रिकी टोली सेनेगलले युराेपेली टाेली पोल्यान्डलाई पराजित गरेको छ। सनसनीपूर्ण खेलमा सेनेगलले पोल्यान्डलाई २—१ ले पराजित गरेको हो। सेनेगलले १६ वर्षपछि विश्वकपकाे पहिलाे खेलमा जित हात पारेकाे हाे। सन् २००२ विश्वकपकाे पहिलाे खेलमा सेनेगलले तत्कालीन डिफेन्डिंग च्याम्पियन फ्रान्सलाइ हराउँदै सनसनी मच्चाएकाे थियाे।

मंगलबार राति भएको खेलमा ३७ औं मिनेटमा पोल्यान्डका खेलाडीले आत्मघाती गोल गरेपछि सेनेगलले अग्रता लिएको थियो। पोल्यान्डका खेलाडी थियागो सियाकोनेकले ३७ औं मिनेटमा आफ्नै गोल पोष्टमा बल छिराएका हुन्। मध्यभागतिरबाट आएको बल सेनेगलका इदिरसा गेयियले पाेल्यान्डकाे पाेष्टतर्फ लक्षित गरी आफ्ना साथीतर्फ अघि बढाएका थिए। कडा प्रहारमा आएको सो बललाइ नरोकी साथीतर्फ बढाउन खोज्दा उनको खुट्टाबाट गएको बल गोल पोष्टमा छिरेको थियो।

आत्माघाती गोलका कारण पहिलो हाफसम्म सेनेगल १—० ले अग्रताको अवस्थामा रह्यो। ६० औं मिनेटमा सेनेगलका नियांगले गोल गर्दै खेललाइ २-० को अवस्थामा पुर्याए।
८५ औं मिनेटमा ग्रेजोराज क्र्याचुविकले पोल्यान्डका लागि सान्त्वना गोल फर्काए पनि युराेपेली टाेली खेलमा फर्किन सकेन।

यसअघि १६ औं मिनेटमा सेनेगलका नेइमार अर्थात् २० वर्षे इस्माइला सारले पेनाल्टी अपिल गरेका थिए। पोल्यान्डको गोलपोस्ट नजिक पोलिस मिडफिल्डरले ढकेलेपछि उनले त्यसविरुद्ध पेनाल्टी अपिल गरेका थिए। तर बहराइनका रेफ्रीले दिएनन्।

९० मिनेटको प्रतिस्पर्धामा पोल्यान्ड हाबी भए पनि जितका लागि चाहिने गोल गर्न भने चुक्यो। गोल पोसेसनमा पोल्यान्ड ६१ को स्थितिमा रह्यो भने सेनेगल ३९ मा रह्यो। समूह एचमा जापान र सेनेगल ३-३ अंकसहित अगाडि देखिएका छन्।

Loading...