ज्योति र लुम्बिनी विकास बैंकबीच रेमिट सेवा आदानप्रदान सुरु

काठमाडौं । ज्योति विकास बैंक लिमिटेड र लुम्बिनी विकास बैंक लिमिटेडबिच रेमिट सेवा आदान प्रदान गर्ने सम्झौता भएको छ ।

बिहिबार भएको उक्त सम्झौतापत्रमा ज्योति विकास बैंकका तर्फबाट प्रमूख कार्यकारी अधिकृत मनोज ज्ञवाली तथा लुम्बिनी विकास बैंकका तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मीले हस्ताक्षर गरेका छन् ।

ज्योति विकास बैँकले हालै संचालनमा ल्याएको ज्योति रेमिट सेवा लुम्बिनी विकास बैंकका सम्पूर्ण शाखा कार्यालय र लुम्बिनी विकास बैँकको रेमिटेन्स सेवा ज्योति विकास बैँकका सम्पुर्ण शाखाबाट प्राप्त गर्न सकिने भएको छ ।

हाल ज्योति विकासका ५५ वटा शाखा संचालन छन भने यस आर्थिक वर्षभित्र थप ५ शाखा संचालनमा ल्याउने तयारी भइरहेकाे बैँकले जनाएको छ ।

Loading...