रुची धिताल भइन यस वर्षको एसएलसी प्रिन्सेस

काठमाडौं, ३१ जेठ । सिजन मिडियाले राजधानीमा बुधबार साँझ आयोजना गरेको ‘ह्वाइट हाउस एसएलसी प्रिन्सेस २०१८’ मा रुची धिताल उत्कृष्ट बनेकी छन् । धनकुटाको तुलसी मेहर स्कूलबाट एसइई परीक्षा दिएकी १६ वर्षिय रुची धिताल आफ्ना २४ प्रतियोगीहरुलाई पछि पार्दै शीर्ष ताज पहिरिन सफल भएकी हुन् ।

प्रतियाेगितामा कृष्टिना वन्त फस्ट रनरअप बनेकी छन् । वन्तले काठमाडौंको रोजवर्ड स्कूलबाट एसइई दिएकी छन् । उनले ‘वेष्ट स्कीन अवार्ड’ पनि आफ्नो पोल्टामा पारिन् ।

त्यसैगरी सेकेण्डरनरअपको ताज पुष्पसदन स्कुलबाटट एसइइ दिएकी पाल्मा लामाले जित्न सफल भएकी छन् । लामाले विधागततर्फ मिस फिटनेशको अवार्ड पनि हात पारिन । त्यसैगरी थर्ड रनरअपमा रिया खड्गी चयन भएकी छन् । रियाले लिडरसिप अवार्ड र वेष्ट पर्सनालिटि अवार्ड पनि जित्न सफल भइन । साथै फोर्थ रनरअप नाम्दु सेर्पाले जित्न सफल भइन ।

विधागततर्फ प्रेरणा भट्टराईले ‘मिस ट्याल्ेन्ट’ र वेष्ट वाक को उपाधी हातपारीन भने श्रेर्या भट्टले मिस पपुलर, विन्जु थापाले मिस क्रिएटिभ पोल्टामा पार्दा निसा श्रेष्ठले भियोर्स च्वाइस र मिस फेन्डसिप अवार्डहात पारीन त्यस्तै मिस फोटोजेनिक सन्तृप्ती रेग्मी, मिस एकाडमी अवार्ड आरुघाट गोरखाकी आयुसा श्रेष्ठले जित्न सफल भइन भने सफलता वुढाथोकीले मिस हेल्दी स्माइल, अस्मीता पन्जीयार मिस डिसिप्लिन, सौजना तामाङ बेष्ट हेयर,फेशवुक लाइक सलिना भुषाल,मिस पङ्चुवालिटि निरजल पौड्याल र मल्टीमिडिया अवार्ड र अर्गनाइजर च्वाइस झापाकी आकांक्षा पाठक घोषित भए ।

प्रतियोगिताको निर्णायकमा हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेजका प्रेसिन्डेन्ट युवराज शर्मा, नेपाल एयरलाइन्सका वोर्ड डाइरेक्टर अच्युत राज पहाडी, क्याम्पीयन एकेडेमीका सिनियर कोअर्डिनेटर रिजेश श्रेष्ठ, सेफ्टी सेनेटरी प्याडकी व्राण्ड म्यानेजर स्वणीमा राजभण्डारी, सुभतारा स्कूलका शिक्षक प्रेम गुरुङ, सिम्रीक एयरलाइन्सकी चिफ एयर होस्टेज अस्मीता खनाल र कान्तिपुर टिभिका सन्चारकर्मी गिता श्रद्धा अर्याल रहेका थिए ।

प्रतियोगितामा विजेता रुची धितालले ह्वाइट हाउस एसएलसी प्रिन्सेज २०१८’ कोे ताज र उपाधि सहित ४७ हजार मुल्य बराबरको ल्यापटप र ह्वाइट हाउस इन्टरनेशन कलेजको तर्फबाट उच्च शिक्षा अध्ययनका लागि एक लाख बरावरको छात्रावृक्ति साथै विभिन्न उपहारहरु हात परिन । त्यस्तैगरी फस्ट रनर अप र सेकेण्ड रनर अपले भने लाभा स्मार्ट मोवाइल फोन र नामी कलेज र क्याम्पीयन कलेजमा १ लाख वरावरको छात्रावृति प्रदान गरिएकाे छ । त्यस्तै विजेता ३ जना विजेताले ५ दिने बैङ्कक भ्रमणको अवसर पनि पाएका छन् । सम्पूर्ण प्रतियोगीहरुलाई हिमालयन ह्वाइटहाउस इन्टरनेशनल कलेजमा ५० प्रतिशत छात्रावृत्ति र सेफ्टी सेनेटरी प्याडको तर्फबाट गिफ्ट ह्याम्पर प्रदान गरिएकाे थियाे । त्यस्तै साैर्य हेयर प्याकको तर्फवाट गिफ्ट ह्याम्पर र लेटमीइनको तर्फवाट सवैलाई गिफ्ट भौचर प्रदान गरिएको थियो ।

Loading...