कोरिया पठाउने आश्वासन दिएर ८० लाख ठग्ने सिआर्इबीको फन्दामा

काठमाडौं, ३१ जेठ । सरकारी कोटामा कोरिया पठाइदिने भन्दै ठगी गर्ने दुई जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो(सिआइबी)को टोलीले पक्राउ गरेको छ ।

उनीहरूले करिब ८० लाख रूपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा लमजुङ दुर्दी–२ का ५३ वर्षीय मिनबहादुर थापा र ३५ वर्षीय जोसेफ श्रेष्ठ छन् । प्रहरीकाअनुसार उनीहरूले प्रति व्यक्ति करिब ११ लाख रुपैयाँका दरले ९ जना बढीलाई ठगी गरेका थिए ।

सिआइबीका एसपी कृष्णहरि शर्माकाअनुसार वर्ष दिनका लागि सरकारी कोटामा कोरिया जाने र त्यसपछि प्रत्येक वर्ष भिषा नविकरण गरिने प्रलोभन दिने देखाएका थिए । यता, श्रेष्ठले पुतली सडकस्थित लोटस कन्सल्टेन्सीबाट रकम लिने गरेको खुलेको प्रहरीले दाबी गरेको छ ।

Loading...