सुन्निएर ठूलो देखिएको कोष्टक नेकपा एक इन्जेक्सन पाएपछि साइजमा आउने भट्टरार्इको दावी

काठमाडौं, ३० जेठ । नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराइले नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.) ठूलो पार्टी नभइ सुन्निएको पार्टी भएको बताएका छन् । सुन्निएकाे पार्टी इन्जेक्सन लगाएपछि केही समयमा नै स्वभाविक साइजमा अाउने उनले दावी गरे ।

पार्टी स्थापनाकाे दुर्इ वर्ष पूरा भएको अवसरमा नयाँ शक्ति नेपालले बुधबार राजधानीमा भेला अायाेजना गरेकाे थियाे । साेही भेलालार्इ सम्बाेधन गर्ने क्रममा भट्टरार्इले साे टिप्पणी गरेका हुन् । उनले गाउँगाउँमा सिंहदरवार गएकाे नभर्इ भ्रष्टटाचार पुगेकाे बताए ।

उनले भने, ‘नेकपा हेर्दा मात्र ठूलो जस्तो देखिएको हो, वास्तविक रुपमा सुनिएको चाहीँ हो । अहिले गाउँगाउँमा सिंहदरबार हैन भ्रष्टचार गयो ।’ उनले भने, ‘अब भ्रष्टचार विरुद्ध नयाँ शक्ति पार्टीले काम गर्छ ।’

प्रचण्डले आन्दोलनबाट आफुलाई भागेको आरोप लगाएपनि अन्ततः उनी आफै भागेर एमालसँग मिलेको उनले बताए । ‘प्रचण्डले माओवादी आन्दोलनबाट बाबुराम भाग्यो भन्नुहुन्थ्यो तर अहिले प्रचण्ड आफै दाम्लो, किलोसहित एमालेमा जानुभयो ।’ उनले भने, ‘म भागेको हो की प्रचण्ड आफै भागेको यहीँबाट प्रष्ट हुन्छ ।’

साथै संविधान जारी भएपश्चात आफुले प्रचण्डलाई नयाँ पार्टीको प्रस्ताव गरे पनि नमानेको भट्टराइले बताए ।‘प्रचण्डजीलाई संविधान जारी भएपछि माओवादीको उपयोगिता सकियो, अब नयाँ पार्टी सुरु गरौं भनेको थिए ।’ उनले भने, ‘तर वहाँले त्यसबेला मान्नु भएन ।’

प्रचण्डले सबै कार्यकर्ताहरुलाई आफ्नो पछाडि राख्दै अन्ततः एमालेमा मिसाइदिएको आराप लगाए । उनले आफुले विद्यालयमा पढेकोे कथा सँग माओवादी एमालेसँग मिसिएको प्रसंग जोडेका छन् । ‘एकादेशमा एउटा पाइपर हुन्थ्यो, जसले मिठासपुर्ण धुनमा बासुरी बजाएर मुसाहरु जम्मा गथ्र्यो । एक दिन पाइपरले मिठो धुनमा सबै मुसाहरुलाई आफ्नो पछिपछि लग्दै अन्ततः समुन्द्रमा डुबायो ।’ उनले भने, ‘त्यस्तै मधुर धुनमा कार्यकर्ताहरुलाई पछि लगाएर प्रचण्डले सबैलाई एमालेमा हाल्दिनुभयो ।’

उनले पहिले कांग्रेस वैचारिक पार्टी भएपनि अहिले त्यस्तो पार्टी नरहेको बताए । वि.पी.कोइरोला रहुन्जेल कांग्रेस पनि वैचारिक राजनीतिक पार्टी थियो ।’ भट्टराइले भने, ‘तर अहिलेको समयमा वैचारिक पार्टीको रुपमा कांग्रेस छैन ।’

Loading...