हप्ता उठाउने गुण्डालाई हामी उठाउँछौ – गृहमन्त्री थापा

परनिर्भरता हटाउन विकास आत्मनिर्भरमा जानुको विकल्प छैन

काठमाडौं, ३१ जेठ । गृहमन्त्री रामबहादुर थापाले गुण्डाबात आतंकित हुन् जरुरि नभएको बताएका छन । भ्रष्ट र गुण्डागर्दी गर्नेहरुको नामावलीसहितको सूचना गृह मन्त्रालयमा उपलब्ध गराउन र सहयोग गराउन उद्योगी, व्यवसायीहरुलाई आग्रह गरेका छन् ।

नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघको कार्यक्रममा उनले समृद्धि चाहने हो भने सहयोग गर्नू पर्ने बताउदै हरेकले भ्रष्ट र गुण्डागर्दी गर्नेहरुलाई समाप्त पार्न अभियानमा साथ दिनू पर्ने बताए ।

गृहमन्त्री थापाले उद्याेगलाई विकास गर्नुपर्ने भन्दै कानुनी राज्यमा बाधक हटाउने लक्ष्य सरकारले लिएको र समृद्धिको मुख्य बाधकको रुपमा रहेको भ्रष्टाचारलाई अन्त्य गर्न सरकारले अहिले शून्य सहनशीलताको नीति लिएको पनि स्पष्ट पार्दै उद्योगहरुको समृद्धि र विकासका लागि सरकारले सुरक्षाको उचित व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरे ।

गृहमन्त्री थापाले तस्करी हटाउन भ्रष्टाचारको अन्त्य गर्नु पर्ने भन्दै असुली धन्दामा प्रहरी समेतको संलग्नता हुने गरेको उल्लेख गर्दै त्यस्ता तत्वलाई कारवाहीको दयेरामा ल्याई छाड्ने चेतावनी दिए ।

महासंघका अध्यक्ष अरुणशंकर वैद्यले नेपालमा चार दशकअगाडि स्थापना भएको पार्टी प्यालेस तथा क्याटरिङ हाल नेपालको ४४ जिल्लामा चार हजार हाराहारीमा रहेको जानकारी दिनुभयो । महाधिवेशनमा देशभर रहेका व्यवसायीका विभिन्न समस्या तथा उपभोक्तालाई सर्वसुलभ मूल्यमा गुणस्तरीय सेवा उपलब्ध गराउने विषयमा छलफल हुनेछ । महाधिवेशनपछि नयाँ कार्यसमिति चुन्ने महासंघमा हाल देशभर ४२ जिल्लाका २०० महाधिवेशन प्रतिनिधिको सहभागिता छ ।

Loading...