ट्रम्प र किमका लागि सिङ्गापुरमा यस्तो खाना खुवाइयो

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच ऐतिहासिक वार्ता भएको छ। सिंगापुरमा मंगलबार बिहान दुई नेताबीच एक्लाएक्लै र प्रतिनिधि मण्डलस्तरीय वार्ता भएको हो।

वार्तापछि दुबै नेताले सँगै दिउँसोको खाना (लञ्च) खाँदैछन्। अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले लञ्चको मेनू सार्वजनिक गरेको छ। मेनूमा पूर्वीय र पश्चिमी खानाको समिश्रण छ।

ट्रम्प-किमको मेनूअनुसार सुरूमा उनीहरूले प्राउन ककटेल, एभाकाडोको सलाद, ग्रिन म्यांगो सलाद, अक्टोपस र कांक्राको कोरियन परिकार ओइजन खानेछन्।

मुख्य खानाका रूपमा बिफ, आलुका परिकार, स्टिम्ड ब्रोकाउली, बंगुरको मासु, फ्राइड राइस र कोरियन परिकार डायगु जोरिम छ।

डिजर्टमा चकलेट, आइसक्रिम र क्रिमसहितको पेस्ट्री छ।

Loading...