किम जोङसँग वार्ताको लागि ट्रम्प सिंगापुरतिर हिडे

काठमाडौं । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पर्सी अर्थात जुन १२ मा उत्तर कोरियालका नेता किम जोङ उनसँग हुने शिखर वार्ताको लागि सिंगापुरतिर प्रस्तान गरेका छन् ।

जी सेभेनको बैठकबाट ट्रम्प सिंगापुरतर्फ प्रस्थान गरेको अन्तर्राष्टिय संचारमाध्यमहरुले बताएका छन् । जी सेभेन बैठकमा टम्प एक्एिका थिए । उनले आफूले स्टील र अल्मुनियममा लगाइएको आयात करका विषयमा पुनर्विचार गरिने बताएका छन् ।

क्यानडाको क्यूबेकमा भएको औद्योगिक देशहरुको संगठन जी सेभेनको बैठकमा स्टील र अल्मुनियममा अमेरिकाले लगाएको आयात करप्रति अरु मुलुकले आपत्ति जनाएका थिए ।

उक्त कर फिर्ता गर्नुपर्ने जस्ता विषयमा सहमति नबनेपनि ट्रम्पले भने आफूले कर अन्त्य गर्ने प्रस्ताव राखेको जानकारी दिएका हुन । बैठकपछि करलाई लिएर मित्र देशहरु असन्तुष्ट बनेको स्वीकार्दै ट्रम्पले अरु विषयमा भएका छलफल निकै फलदायी बनेको पनि जिकिर गरे ।
अमेरिकाले स्टीलमा २५ र अल्मुनियममा १० प्रतिशत आयात कर लगाएपछि क्यानडा, जापान, जर्मनीलगायतका देशले आपत्ति जनाएका छन् ।

Loading...