भारतीयभन्दा हाम्रो बलिङ राम्रो छ- अफगानिस्तान

काठमाडौं।

लामो प्रतिक्षापछि आगामी बिहिबार टेष्ट क्रिकेटमा डेब्यू गर्न लागेको अफगानिस्ताले आफू भारतबिरूद्ध खेल्न पूर्ण रूपमा तयार रहेको बताएको छ।

बिहिबार पहिलो पटक सेतो जर्सीमा विश्व नम्बर एक टेष्ट टिम भारतविरूद्ध खेल्न लागेको अफगानिस्तानले आफू बलिङमा भारतभन्दा बलियो भएको दाबी गरेको छ।

अफगानी कप्तान असगर स्टैनिकजईले भारत नम्बर एक टिम भए पनि हाम्रा स्पिनर भारतीयभन्दा कयौं गुणा उत्कृष्ट रहेको दाबी गरेका छन्।भारतीय स्पिनर रविचन्द्र आश्विन र रवीन्द्र जडेजा यो समय विश्व वरियताको चौथो र पाँचो नम्बरमा छन्।

‘भारत मात्र होइन पुरा विश्वलाई थाहा छ हामीसँग राशिद खान, मुजीब उर्र रहमान, मोहम्मद नाबी र जाहीर खानजस्ता विश्व उत्कृष्ट स्पिनरहरू छन्। उनीहरू फर्ममा छन्,’ ईएसपीएनक्रिकइन्फोसँग कुरा गर्दै अफगानि कप्तान असगरले भने, ‘अफगानिस्तानमा आउने नयाँ बलरहरू पनि उत्कृष्ट स्पिनर बन्न चाहन्छन् किनकि, राशिद र नाबीलाई फलो गर्दै उनीहरू आएका हुन्छन् त्यसैले पनि हाम्रो स्पिन विभाग भारतीय टीमभन्दा कयौं गुणा उत्कृष्ट छ।

भारतविरूद्ध हुने डेब्यू टेष्टका लागि अफगानिस्तानले हरेक किसिमका स्पिनरलाई उतार्दैछ। जहाँ लेग स्पिनरका रूपमा राशिद खान, मिस्ट्री स्पिनर का रूमा मुजीब उर्र रहमान छन्। दुबैले हालै इन्डियन प्रिमयर लिगमा उत्कृष्ट प्रदर्शन गरेका छन्।

टीममा बायाँ हाते स्पिनरमा जाहीर र दायाँ हाते अर्थोडोक्स स्पिनरमा आमिर हमजा छन्। यसका साथै स्पिन बलिङ अलराउण्डरका रूपमा नाबी र रहमत तयार छन्।

टिमका विकेटकिपर ब्याट्मेन अहमद शहजादका अनुसार अफगानी स्पिनरलाई खेल्न भारतीय ब्याट्मेनलाई धेरै गाह्रो हुन्छ। बेंगलुरुमा हामीले भारतलाई हराएमा कुनै अचम्म नहुने अहमद बताउँछन्।

अफगानिस्तानी टीम

असगर स्टैनिकजई (कप्तान), मोहम्मद शाहजाद, जावेद अहमदी, रहमत शाह, इहसानुल्लाह जनत, नासिर जमाल, हशमतुल्लाह शाहिदी, अफसर जाजाई, मोहम्मद नाबी, राशिद खान, जहीर खान, आमिर हमजा होटक, सैयद अहमद शिरजाद, यामिन अहमदजाई वफादार र मुजीब उर रहमान।

Loading...