ओली-प्रचण्ड सरकारमाथि यसरी खनिए अधिकारकर्मीहरु, मानवाधिकार उलंघन भएको आरोप

बिराटनगर।

पूर्व प्रधानन्यायाधीश तथा मानवअधिकार अायाेग अध्यक्ष अनुपराज शर्माले सरकारमा रहँदा मत्र मानवअधिकार र स्वतन्त्रता हुने तर बाहिर हुँदा नहुने बताएका छन् ।

शुक्रबार विराटनगरमा जनअधिकार फोरमले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै शर्माले अहिले पनि अायाेग जनताका माझ गइरहेको र जनतामा जाँदा पूरै अधिकार उल्लंघन भएकाे पाइएको बताएका छन् । ‘आयोग जनताका माझ गइरहेको छ र जनतामा जाँदा पूरै अधिकार उल्लंघन भएकाे पाइएको छ ।’ उनले भने- ‘अधिकारकाे संघर्ष चलिरहन्छ । चल्नुपर्छ ।’

अध्यक्ष शर्माले जेनेभामा समेत प्रहरीका कामविरुद्ध बाेलेका कारण मानवअधिकार अायाेगका अायुक्त गिरफ्तार परेको बताए । यसविषयमा अहिले अायाेग र महान्यायाधिवक्ताकाे कार्यालयबीच कुरा भइरहेको उनले जानकारी दिएका छन ।  सोहि प्रसंगमा उनले मानव अधिकार सम्बन्धि संविधानसँग नमिल्ने १३७ वटा कानुन संशोधन हुनुपर्ने समेत बताए ।

नेपाल बार एशाेसिशनका अध्यक्ष शेरबहादुर केसीले विचार राखेका कारणले कसैलाई पनि गिरफ्तार गर्न नपाइने बताएका छन् । ‘कुनै राजनीतिक पार्टीमा आस्था राखेकै कारण गिरफ्तार गरिनु भनेको संविधानकाे समेत उल्लंघन हाे । मानव अधिकार पनि उल्लंघन हाे ।’ उनले भने- ‘याे मुलुकका लागि दुर्भाग्य हाे ।’

मानवअधिकारकाे विश्वव्यापी घाेषणापत्रले पनि विचारले पाउनुपर्ने अधिकार सुनिश्चित गरेको भन्दै उनले अहिले पनि अास्थाका बन्दी रहनु दुर्भाग्यपूर्ण भएको बताए ।

यस्तै कार्यक्रममा बोल्दै डा. सुन्दरमणि दीक्षितले नेपालीहरु निर्देशन दिन च्याम्पियन भनेको भन्दै कुनै पनि नीति कार्यान्वयन गर्नमा भने पछि रहेको बताए । उनले राजनीतिक दलका नेताहरु  नेताहरूमा ढाँट्ने राेग लागेकाे समेत बताए । नेपालमा अहिले पनि आस्थाका अाधारमा दमन भएको भन्दै त्यसो बिरोध गरे । ‘अास्थाका अाधारमा दमन भएको छ । यस्तो पनि कहि हुन्छ ?’ उनले भने- ‘ यो चरम दण्डहीनता हो । नेपाली जनताले कहिले अधिकार पाउने ? याे मुलुकमा अधिकार कहाँ छ ? कानुनको राज्य छैन यहाँ !’

प्रदेश १ का महान्यायाधिवक्ता चुडामणि अाचार्यले संविधानले परिकल्पना गरेका कुराहरु मानिसको अधिकार रक्षाका लागि लागु गरिनुपर्ने बताए । भने नेपाल कम्युनिष्ट पार्टीका नेता ऋषि पाेखरेलले एमालेले अालाेचनात्मक समर्थन भनेर भनेका २७ बुँदा र माअाेवादीले २०५२ सालमा पेश गरेका ४० बुँदा याे संविधानमा समेटिन नसकेको बताए । राज्य ठिक बाटोमा हिड्नुपर्ने भन्दै उनले अब द्वन्द्वका खास कारण के हुन भनेर जनअधिकार अभियानले विषय उठाउनुपर्ने धारणा राखे ।

कार्यक्रममा महासंघका पूर्व सचिव प्रभात चलाउने, जनअधिकारका अध्यक्ष एकराज भण्डारी, उपाध्यक्ष तथा पूर्व मन्त्री देबबहादुर पाैडेल, पूर्व सांसद वाङछे शेर्पा, अनेमसंघकी केन्द्रीय नेतृ मनु अछामी लागएतले बाेलेका थिए ।

Loading...