सुन तस्करीका मुख्य लगानीकर्ता अग्रवालको घरमा प्रहरी छापा, कति भेटियो सुनचाँदी र पैसा ?

काठमाडौं ।

३८ क्विन्टल सुन तस्करीका मुख्य लगानीकर्ता एमके भनिने मोहनकुमार अग्रवालको घरमा प्रहरीले छापा मारेको छ ।

अग्रवालको अनामनगरस्थित घरमा छापा मारेर मारेर ३० लाख रूपैयाँ नगद, दुर्इ किलो चाँदी र १० तोला सुन बरामद गरेको बताईएको छ । घरमा भएको अन्य सुन उनीले भाग्दा लिएर गएको हुन सक्ने समितिको अनुमान छ ।

शुक्रबार सुन प्रकरणको अनुसन्धान गर्न गठिन विशेष अनुसन्धान समितिले उनको घरमा छापा मारेर केही महत्वपूर्ण कागजातहरु बरामद गरेको दाबी गरेको छ ।

सुनसरीको धरान उपमहानगरपालिका–३ स्थायी घर भएका अग्रवाललार्इ छानबिन समितिले उनलार्इ नियन्त्रणमा लिने प्रयास गरे पनि हालसम्म पक्राउ पर्न सकेका छैनन् ।

यसअघि प्रकरणमा पक्राउ परेका राप्रपा (प्रजातन्त्रिक) का नेता भुजुङ गुरुङले गृह मन्त्रालयका सह-सचिव र्इश्वरराज पौडेलको नेतृत्वमा गठन भएको समित समक्ष बयान दिने क्रममा ३३ किलो सुनको लगानीकर्ता मोहनकुमार अग्रवाल भएको बताएका थिए ।

सुन तस्करी काण्डका सनम शाक्य हत्यासँगै उनी घरमा ताला लगाएर फरार भएका थिए । अग्रवाल भारतमा लुकेर बसेको आशंका प्रहरीको छ ।

Loading...