बिश्व रक्तदाता दिवसको उपलक्ष्यमा सप्ताह ब्यापी कायेक्रम

 

जेष्ठ२५ ,काठमाडौँ / बिश्वो रक्तदाता दिवसको उपलक्ष्यमा ब्लड डोनर्स एशोसियशन नेपालले शुक्रवार बात सप्ताह ब्यापी विभिन्न कार्केक्रम गरि मनाउने भएको छ । बिहिबार पत्रकार सम्मेलन गरि कायेक्रमका तालिका निम्न बमोजिम रहने बताइएको छ ।
शुक्रबार -रक्तदाता महिला अन्तरक्रिया
शनिबार -वृहत रक्तदान
आइतबार -युवा रक्तदात भेताघट
सोमबार -उपत्येकाव्यापी विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता
मंगलबार – उपत्येकाव्यापी विद्यालयस्तरीय चित्र कला प्रतियोगिता
बुधबार – रक्तदान जनचेतना र्याली
बिहिबार – दिपप्रज्वोलन कार्येक्रम रहेका छन् । बि स २०४६ सालमा स्थापना भएको यो सस्थाले नेपाल रेडक्रस सोशाइति संग सहकार्य गर्दै रगत अभावलाई टेवा पुर्याउन देशै भरि रक्तदान लगाएतका कार्येक्रम गर्दै आएका छन् ।
नेपालमा वर्षेनि करीब तीन लाख युनिट रगत चाहिन्छ, तर जहिल्यै अभावको समाचार आइरहेका हुन्छन्। अधिक रक्तस्रावका बिरामी, प्रसूति, मुटु–मस्तिष्क लगायतको शल्यक्रिया र दुर्घटनामा परेकालाई बचाउन रगत अनिवार्य हुन्छ। थालासेमिया, ल्यूकेमिया लगायतका रक्त क्यान्सर, हेमोफिलिया र रक्त अल्पता जस्ता समस्यामा तारन्तार रगत चाहिरहन्छ।
नेपालमा दुर्घटना तथा विभिन्न बिमारीका कारण रगतको अभावले धेरैले ज्यान गुम्नु परेको कारण आफ्नो शरिमा खेरा गइरहेको रगतले कसैको जीवन बच्न सकिन्छ भन्ने जनचेतना जगाउनु पर्ने एशोसियशनका कार्येवाहक अध्यक्ष रमेश ध्वोज बस्नेतले बताउनु भयो ।
रक्तदानको बारेमापनि सरोकारवाला संवेदनशील हुनुपर्छ : धमला
काठमाडौं, २५ जेठ । रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले आर्थिक, राजनीतिक क्षेत्रका कुराहरुमात्रै नभएर रक्तदानको बारेमापनि संवेदनशील हुनुपर्ने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालमा ब्लड डोनर्स एशोसिएशन नेपालले यही जेठ २५ गतेदेखि जेठ ३१ गतेसम्म हुने साताव्यापी रक्तदानसम्बन्धी कार्यक्रमको जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पत्रकार धमलाले यस्तो बताएका हुन ।

उनले भने,‘देशमा राजनीतिको बारेमा, परिवर्तनको बारेमा धेरै कुराहरु भए, अबका दिनमा राजनीतिक, आर्थिकमात्रै नभएर रक्तदानका बारेमा पनि बहस हुनुर्छ, जनचेतना फैलाउनुपर्छ, यसो गरिएको खण्डमा र रक्तदान गर्नेहरुको संख्या बढ्छ, मानिस स्वस्थ हुनुको लागिपनि रक्तदान आवश्यक छ, त्यसैले म पनि तीन महिनाको एकचोटी रक्तदान गर्ने प्रण गर्दछु ।’
नले अघि थपे,‘राजनीति, अर्थनीतिका कुराहरु धेरै भए, अबका दिनहरुमा रक्तनीतिको बारेमा छलफल हुनुपर्छ, त्यसले जीवनदान दिएको त एउटा राम्रो काम भयो नै त्यसैमा पुण्यकाम पनि हुन्छ, म हात जोडेर भन्छु, काठमाडौंमा मात्रै होईन ग्रामीण ईलाकामा पनि रक्तदान केन्द्रको स्थापना गरौं र रक्तदान पनि गरौं ।’

संस्थाका कार्यवाहक अध्यक्ष रमेशध्वज बस्नेतले आफुहरु २५ वर्षदेखि रक्तदानको क्षेत्रमा काम गर्दै आईरहेको भएपनि सोचे अनुरुप सफलता हाँसिल गर्न नसकेको गनासो पोखे ।

उनले भने,‘हामीले २५ वर्षदेखि रक्तदानको बारेमा धेरै गर्न खोज्यौं तर जति सोचेको थियौं विभिन्न कारणले त्यति सफलता हात पार्न सकेका छैनौं, अबका दिनहरुमा रगतको अभाव हुन नदिनको लागि हाम्रो प्रयास जारी रहनेछ, जनचेतना फैलाउनेछौं, उत्प्रेरणा दिने खालका कार्यक्रमहरु गर्नेछांै ।’
कार्यक्रममा कलाकार एवम् पत्रकार श्रीकृष्ण सिंखडाले संघीय संरचनाको आधारमा रक्तदान केन्द्रको स्थापना हुनुपर्नेमा जोड दिएका छन् । उनले भने,‘मुलुक संघीय संरचनामा गैसकेको स्थिति छ, यस्तो स्थितिमा रगतको कमी हुन नदिनको लागि संघीय संरचना अनुसार रक्तदान केन्द्रहरु स्थापना गर्नुपर्छ, यसको लागि बजेट विनियोजन गर्र्नुपर्छ ।’

संस्थाका महासचिव ई.सानुबाबु प्रजापतिले कार्यक्रमको उद्देश्यका बारेमा स्पष्ट पारेका थिए । नेपाल अधिराज्यमा रगतको आवश्यकता पर्ने सबैलाई बिना सोधभर्ना रगत उपलब्ध गराउन सक्ने अवस्था सिर्जना गर्नेमा आफूहरु लागि परेको उनको भनाई थियो ।
कार्यक्रममा एशोसियनका कोषाध्यक्ष एवम् सप्ताव्यापी कार्यक्रमका प्रमुख संयोजक मचाकाजी महर्जनले विश्व रक्तदाता दिवसको उपलक्ष्यमा आफूहरुले उक्त साताव्यापी कार्यक्रमहरु राखेको स्पष्ट पारेका छन् ।

Loading...