संसद बैठक बस्दै, प्रतिनिधि सभा र राष्ट्रिय सभाको नियमावली पेस गर्नेबारे यस्तो छ तयारी

काठमाडौं, २५ जेठ । 

प्रतिनिधि सभा र राष्ट्रिय सभाको नियमावली आजको संसद बैठकमा पेश हुने भएको छ । दलहरूबीचको लामो छलफल र सम्वादपछि आजको बैठकमा नियमावली पेश गर्ने तयारी भएको हो । संसदको बैठक दिउँसो एक बजे बस्ने कार्यक्रम छ ।

फौजदारी अभियोग लागेका सांसद स्वतः निलम्बन हुने प्रावधानसहित प्रतिनिधिसभा र राष्ट्रियसभा निमायवलीको कांग्रेस र राजपा नेपालले विरोध गर्दै आएका छन् । शीर्ष नेताहरूसँगको छलफलपछि निलम्बन भन्ने शब्द नराखी तयार भएको मस्यौदा सदनमा पेश हुनेछ ।

नियमावली समितिमा कांग्रेस र राजपाको विरोधपछि फौजदारी अभियोग लागेर पक्राउ परेपछि सांसदको हैसियतमा काम कारबाही गर्न नपाउने र सेवा–सुविधा पनि नपाउने प्रावधान राखेर मस्यौदा बनाइएको थियो ।

तत्कालीन एमालेका सांसदहरूले नैतिक पतन हुने अभियोग लागेर पक्राउ परेपछि सांसद पद स्वतः निलम्बन हुनुपर्ने भन्दै संशोधन हालेका थिए । सभामुख कृष्णवहादुर महराले सत्तापक्ष र विपक्षी दलका शीर्ष नेतासँग पनि सहमतिको प्रयास गरेका छन् ।

Loading...