जनकपुरबाट नेपालगञ्ज जाँदै बस गरेको दुर्घटना, यस्तो छ क्षतिको विवरण

दाङ, २५ जेठ ।

दाङको भालुबाङ-लमही सडकखण्डमा बस दुर्घटना भएको छ । जनकपुरबाट नेपालगञ्ज जाँदै गरेको ना ५ ख १८२९ नम्बरको बस राप्ती गाउँपालिका वडा नम्बर ५ पहरुवामा शुक्रबार बिहान दुर्घटना भएको हो ।

बस दुर्घटनामा परी एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत लखिनपुर निवासी ५ वर्षीय निरुबी मोहम्मद रहेकी रहेकी छन् । यस्तै बस दुर्घटना परी अन्य ३२ जना घाइते भएका छन् । घाइतेमध्ये ९ जनाको अवस्था गम्भीर रहेको छ ।

गम्भीर घाइते ९ जनालाई लमहीमा प्रारम्भिक उपचारपछि नेपालगञ्ज लगिएको छ । भने २३ जनाको लमहीमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

बसमा कति जना यात्रु थिए भन्नेबारे अझै एकिन भएको छैन । बस चालक निदाउँदा दुर्घटना भएको प्रहरीको अनुमान छ । बस सडकबाट तल खोलामा खसेको छ । बस तीव्र गतिमा भएको र चालक निदाएकोले गाडी सडकबाट खोलामा खसेको दुर्घटनाका घाइते हरुको दाबी छ ।

Loading...