गैर न्यायिक थुनामा रहेका आस्थाका बन्दीहरूसँग अधिकारकर्मीद्वारा भेटघाट

काठमाडौं।

जिल्ला प्रहरी कार्यालय झापा र इलाममा रहेका नेपाल कम्युनिष्ट पार्टीमा आस्था राख्ने राजनीतिक बन्दीहरुलाई मानवाधिकारवादीहरुको टोलीले भेटघाट गरेको छ ।

प्रहरी हिरासतमा रहेका नेकपका केन्द्रीय सदस्य किरण राईलसहित ४ जना राजनीतिक आस्थाका बन्दीहरुलाई मानव अधिकारकर्मी र पत्रकारहरुको टोलीले बिहीबार भेटघाट गरेको हो । त्यस्तै सुनसरीबाट समातिएका  सुरज राई, सुरेश रार्ई, राेशन ढकाल, माेहन कार्की, लक्ष्मण कार्की, ईलामबाट समातिएका समीर राई, तलाक्पा शेर्पा सहित ४ जना, पाँचथरबाट समातिएका पेम्बा शेर्पासहित ४ जना गरी १३ जनालार्इ समेत टोलीले ईलाम कारागारमा भेटघाट गरेको छ ।

जनअधिकार अभियान नेपालका केन्द्रीय अध्यक्ष एकराज भण्डारी, पूर्व मन्त्री समेत रहेका मानवअधिकारकर्मी देव बहादुर पौडेल, पूर्व सभासद् तथा मानवअधिकारकर्मी वाङ छे खम्बाेचे र पत्रकार महासंघका पूर्व सचिव प्रभात चलाउनेलगायतको टोलीले राईलगायतका राजनीतिक आस्थाका बन्दीहरूलाई भेटघाट गर्दा उनीहरुलाई अदालतले रिहा गर्न आदेश दिने र प्रहरीले पुनः गिरफ्तार गरेर राख्ने गरिएको पाइएको छ।

नेकपा केन्द्रीय सदस्य राईलगायतका नेताहरुलाई २०७४ चैत ५ गते धनकुटाको हिलेबाट गिरफ्तार गरेर सार्वजनिक अपराधको मुद्दा लगाएको थियो । तर उनीहरुलाई अदालतले रिहा गर्न आदेश दिएर छुटेको भएपनि प्रहरीले पुनः अदालत परिसरबाटै गिरफ्तार गरेर थुनामा राखिएको छ ।

भेटघाटमा आस्थाका बन्दीहरूले अदालतले छोड्न आदेश दिदाँदिदै पनि सम्मानित अदालतको आदेश उल्लङ्घन गर्दै आफुहरुलाई उदयपुर, सुनसरी, मोरङ हुँदै हाल चन्द्रगढी, झापा हिरासतमा राखिएको भन्दै सरकारले गम्भीर मानवाधिकारको उलंघन गरेकोमा आक्रोस ब्यक्त गरेका थिए।

साथै उनीहरुले मानवाधिकारवादी र पत्रकारहरु समक्ष आफुहरुमाथि प्रहरी प्रसाशनले गरेको हदैसम्मको गैरन्यायिक थुनाका विरुद्धमा आवाज उठाइदिन र रिहाइको लागि आबस्यक पहलगरिदिन अनुरोध समेत गरेका छन्। साथै प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले १ हजार धरौटी लिएर ९ जनालाई छोड्न आदेश दिए पनि प्रहरीले भने रिहा भएलगत्तै पुनः गिरफ्तार गर्न थालेपछि आफूहरु जेलमै बसेको इलामका बन्दीहरुले दुखेसो पोखेका छन् ।

हिरासतमा रहेका राईलगायत नेकपाका नेताहरुलाई जिल्ला प्रसाशन झापाले थप अनुसन्धानको निम्ति भन्दै १० दिनको म्याद थपेर थुनामा राखेको छ, भने सर्वोच्च अदालले उनिहरुलाई थुनामा राख्नुको कारण देखाउ आदेश जारी गरेको छ ।

पछिल्लोपटक कोस्टवाला नेकपा नेतृत्वको सरकारले नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरुलाई देशभर नै विभिन्न झुटा मुद्दा लगाएर हिरासतमा राख्ने, उनका घर, कोठा खानतलासी गर्ने, परिवार र आफन्तलाइ आतंकित गर्ने र ब्यापक धरपकड गर्ने गरेको छ ।

Loading...