विश्वकप लागि जर्मनीको अन्तिम टोली घोषणा

काठमाडौं। 

साविक विजेता जर्मनीले आगामी हप्ता रुसमा सुरु हुने विश्वकप फुटबलका लागि अन्तिम टोली घोषणा गरेको छ । प्रशिक्षक वाकिम लोले सार्वजनिक गरेको २३ खेलाडीको सूचीमा इङ्लिस क्लब म्यानचेस्टर सिटीका खेलाडी लेरोए साने भने अटाएनन् ।

सानेले दुई दिनअघि मात्रै अष्ट्रिया विरुद्धको मैत्रिपूर्ण खेलमा जर्मनीका लागि सुरुवात गरेका थिए । उनको साथै सुरुवात गरेका अर्का खेलाडी निल्स पेटेरसन पनि अन्तिम टोलीमा परेनन् । प्रशिक्षक लो ले छानेका खेलाडीमा गोलकिपरतर्फ म्यानुयल नोया, मार्क आन्द्रे टेर स्टेगन र केभिन ट्राप रहेका छन् ।

यसैगरी डिफेन्डरहरुमा म्याट ह्युमल्स, जोसुवा किमिच, जोनास हेक्टर, जेरोम बोआटेङ, एन्टोनियो रुडिगर, निक्लास सुले, माथियास गिन्टर र मार्भिन प्लाटेनहार्ड्ट रहेका छन् ।

जर्मनीको विश्वकप टोलीमा मिडफिल्डर र फरवार्डतर्फ जुलियन ड्राक्सलर, सामि खेडिरा, टोनी क्रुस, टिमो वेर्नर, इके गुन्डोगान, मारियो गोमेज, लियोन गोरेट्ज्का, मेसुट ओजिल, थोमस मुलर, मार्को रियुस, सेबास्टियन रुडी र जुलियन ब्रान्ड्ट रहेका छन् ।

आसन्न विश्वकप फुटबलमा जर्मनीले १७ जुनमा मेक्सिकोसँग पहिलो खेल खेल्नेछ । जर्मनी रहेको समुह एफ मा मेक्सिकोसँगै स्विडेन र दक्षिण कोरिया रहेका छन् ।

Loading...