एकाएक प्रधानमन्त्री ओली जंगी अड्डामा झुल्किएपछि यस्तो

काठमाडाैं, २१ जेठ । प्रधानमन्त्री केपी ओली आइतबार साँझ अचानक जंगी अड्डा पुगे । प्रधानमन्त्री अाेली अाफ्नै पार्टीका बरिष्ठ नेता तथा रक्षा मन्त्रालय सम्हालिरहेका उपप्रधान तथा रक्षामन्त्री र्इश्वर पाेखरेललार्इ समेत जानकारी नदिएर जंगी अड्डा पुगेपछि ठूलै हल्लीखल्ली भयाे । तर, बाठा रक्षामन्त्री पाेखरेलले भने प्रधानमन्त्रीले सुर्इकाे नदिए पनि उनले त्याे कुरा पहिले नै थाहा पाए । अर्कै स्राेतबाट थाहा पाए पछि उनी प्रमकाे गाडी कुरेर तम्तयार भएर बसे । प्रम अाेलीकाे गाडी अगाडी बढ्ने बित्तिकै सिंहदरवारबाट पाेखरेलले अाफ्नाे गाडी पनि पछि पछि लगाएर जंगी अड्डा पुगे ।

नेपाली सेनाकाे सूचना निर्देशनालयले जंगी अड्डामा प्रधानमन्त्री र रक्षामन्त्रीको आगमन भएको स्विकारे पनि अन्य विषयमा अनभिज्ञता प्रकट गरेको छ । स्रोतले पृतनापति भेलापछिको अवस्थाबारे जानकारी दिन प्रधानमन्त्री र रक्षामन्त्रीलाई जंगी अड्डा निम्त्याइएको बताएको छ ।

सेनाले निर्माण गरिरहेको द्रुत मार्गको प्रगति अनुगमनमा राजनीतिक नेतृत्व र निजामती कर्मचारीको उपस्थिति रहने गरी कार्यविधि परिवर्तन गरिएको छ ।

पुरानो कार्यविधिमा सेनाबाहेकको सहभागिता फितलो रहेको भन्दै सेना र रक्षा मन्त्रालयले तयार गरेको ‘काठमाडौं–तराई प्रवेशमार्ग सडक आयोजना सञ्चालन कार्यविधि २०७५’ आइतबार मन्त्रिपरिषद्ले स्वीकृत गरेको हो ।

अब रक्षामन्त्री संयोजक रहेको टोलीले सडक अनुगमन गर्नेछ । टोलीमा निर्माणसँग सम्बन्धित मन्त्रालयका प्रतिनिधि र प्रधानसेनापति रहनेछन् । निर्देशक समितिमा पनि निजामती कर्मचारीको सहभागिता बढाइने भएको छ । सेनाले चार वर्षभित्र द्रुतमार्ग बनाइसक्ने बताउँदै आएको छ । यसअघि चार वर्ष भनिएकोमा एक वर्ष थप भइसकेको छ ।

Loading...