३३ किलो सुनकाण्डका अर्का अभियुक्त घलेद्वारा आत्मसमर्पण

काठमाडौं ।

तस्करीको ३३ किलो सुन र समन शाक्य हत्याकाण्डका फरार अभियुक्त छिरिङ वांगेल घलेले आत्मसमर्पण गरेका छन्। उनले आइतबार बिहान जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेको मोरङ प्रहरी प्रमुख एसपी मनोज केसीले जानकारी दिए।

आत्मसमर्पण गरेका घलेको अदालतमा बयान सुरु भइसकेको छ । तस्करीको सबै व्यवस्था मिलाउने  घले लगानीकर्ता मध्येका भुजुङ गुरुङका सालो हुन् ।  घलेले नै हराएको सुन पत्ता नलगाए नछाड्ने भनी गोरेलगायतलाई धम्क्याएका थिए ।

 घलेको आत्मसमर्पणपछि विमानस्थलमा हुने तस्करीको तरिका, त्यसमा संलग्न विमानस्थलका कर्मचारी, प्रहरीको संलग्नताको गहिरो तथ्य पत्ता लाग्ने अनुमान गरिएको छ ।

सनम शाक्य हत्याका पनि प्रमुख अभियुक्त रहेका चुडामणि उप्रेती गोरेको पक्राउसँगै सुन तस्करीमा फरार अभियुक्त जिल्ला अदालतमा सिधै उपस्थित भई आत्मसमर्पण गर्न थालेका छन् । यसअघि खत्री सिधै अदालत पुगेका थिए । उनलाई अदालतले पूर्पक्षका लागि थुनामा पठाइसकेको छ ।

धेरैको अनुमान थियो सम्पर्कमा नरहेका  घलेको योजनामा नै साढे ३३ किलो तस्करीको सुन अनामनगरबाट लुटिएको थियो ।  घलेलाई भुजुङले दिएको निर्देशनका आधारमा सुन सोही समुहले लुटेको बताइएको थियो ।  घलेको आत्मसमर्पणले सुनबारे पत्ता लाग्ने देखिँदैन ।

सनमकी प्रेमिका निशा सेन ठकुरीको बयानलाई आधार मान्ने हो भने रोशन श्रेष्ठलगायतको समुहले सुन तस्करीको योजना बनाएका थिए जुन  घलेद्वारा परिचालित केटा थिए । उनीहरूलाई प्रहरीले पक्राउ गर्न सकेको छैन ।

Loading...