विजनेसको गज्जप तरिका, ९ सय पर्ने वर्ल्ड कप टिसर्ट मात्र १ रुपैयाँमा

काठमाडौं, २० जेठ । विश्वकप फुटबलको जर्सी एक रुपैयाँमा पाइने भएको छ । मोबाइल एप रिचार्जरले एक रुपैयाँमा वर्डकप जर्सी उपलब्ध गराउने अफर ल्याएको छ । विश्वकप सुरु हुन दुई साता मात्र बाँकी हुँदा ठूलो संख्याका नेपाली फुटबल पारखीलाई लक्षित गरेर याे अफर ल्याएको हो । रिचार्जरले नौ सय ९९ पर्ने जर्सी एक रुपैयाँमा उपलब्ध गराउने भएको छ ।

यो अफर आगामी आइतबार(३ जुन) दिउँसो १२ बजेबाट सुरु हुने भएको छ । यो अफर रिचार्जरको वेबसाइटमा नभई मोबाइल एपमा मात्र लागू हुनेछ । गुगल प्ले तथा एप्पलको एप स्टोरबाट रिचार्जर डाउनलोड गरी एकाउण्ट खोलपछि प्रयोगकर्ताले १०० रुपैयाँ क्यास व्याकअप पाउने छन् । त्यस पछि जतिको मोबाइल रिचार्ज गरिन्छ , त्यतिकै क्यास व्याक पाइन्छ ।

यसरी प्राप्त हुने क्यास व्याकलाई रिचार्जरबाट सामान खरिद गर्दा प्रयोग गर्न सकिन्छ । ‘तपाइले ५०० क्यास व्याक सदुपयोग गरी १ रुपैयाँ मात्र भुक्तान गर्दा नौ सय ९९ रुपैयाँको जर्सी पाउनु हुनेछ ,’ग्लोबल की टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरले भन्छन् । अध्यक्ष ग्लाइडरका अनुसार यो अफर सिमित अवधिका लागि मात्र लागू हुनेछ र प्रत्येक एक महिनामा यस्ता अफरहरु नियमित रुपमा सञ्चालन गरिनेछ ।

‘मोबाइल रिचार्ज गर्दा, सिनेमा, बस र हवाई टिकट खरिद गर्दा वा अनलाइनबाट सपिंग गर्दा तपाईले ११ वटा बैंकको इ बैंकिंग, इसेवा, आईएमई पे लगायतका गेट वेका साथै मास्टर तथा भिसाका डेविट र क्रेडिट कार्डबाट सिधै पैसा तिर्न सक्नु हुन्छ ,’ ग्लोबल की टेक्नोलोजीका प्रमुखकार्यकारी अधिकृत निराजन सिंहले भने ।

‘नेपाली एप्स हामी नेपालीकै लागि’भन्ने नाराका साथ सेवा सुरु गरेको रिचार्जर गुगल प्ले तथा एप्पल एप स्टोरमा गरी ४५ हजार भन्दा बढी डाउनलोड भैसकेको छ । नेपालमा चलनचल्तीमा रहेका १ हजार बढी ब्राण्डसँग सहकार्य गर्दै सुपथ मूल्यमा वस्तु तथा सेवा उपलब्ध गराउने लक्ष्य रिचार्जले लिएको छ ।

होटल, रेष्टूरेण्ट, पानी, बिजुली, इन्टरनेट सेवा प्रदायकका बिलहरु पनि तिर्न सकिने तयारी गरिरहेको रिचार्जर एपबाट क्यास व्याकको सदुपयोग गरी समय र पैसाको बचत गर्न आह्वान गरिएको छ ।

Loading...