चुनढुंगा खानीमाथि नेकपाको ‘जनकारवाही’, ५ कारण र क्षतिको बिबरणसहित

चितवन ।

नेपाल कम्युनिस्ट पार्टीले समानान्तर सत्ताको रुपमा गठन गरेको जनपरिषद्ले जिल्लास्थित चुनढुंगा खानीमा आगजनी गरेको छ ।

चितवनको कालिका नगरपालिका–११, शक्तिखोरमा रहेको रहेको खानीले संचालन गरेको स्टार लाइभ इन्डस्ट्रीज प्रा.लि.ले स्थानीयसँग गरेको सहमति कार्यान्वयन नगरेकोले चेतावनी स्वरुप जनकारवाही गरेको जिल्ला जनपरिषद्ले जनाएको छ ।

शुक्रबार राति खानीमा आगजनी गर्दा स्काभेटरसहित महत्वपूर्ण उपकरण जलेर लाखौंको क्षति भएको बताइएको छ । स्थानीयको उजुरीपछि नेकपाले उक्त कारवाही गरेको बताईएको छ ।

जनपरिषद्ले घटनास्थलमा छोडेको पर्चामा कम्पनीमाथि कारवाही गर्नुका ५ कारण समेत उल्लेख गरेको छ । जसअनुसार सहमती कार्यान्वयन नगरेको, खानेपानी आपूर्ति नगरेको, जनताको जग्गा कटान भइरहेकोले तटबन्द नगरेको, सडक निर्माण नगरेको, उपरदाङ गढीको संरक्षणमा पहल नगरेको, खानीभन्दा माथिको बस्ती स्थानान्तरण गर्न बेवास्ता गरेको कारण आगजनी गरिएको उल्लेख छ ।

उक्त चुनढुंगा खानी बन्द गर्न स्थानीयवासीले दबाब दिँदा समेत कम्पनीले अटेरी गर्दै आएको थियो । खानेपानी, सिँचाइका स्रोत नष्ट हुने र ऐतिहासिक महत्व बोकेको उपरदाङगढी धरापमा पर्ने भन्दै स्थानीयले बन्द गर्न माग गर्दै आएका छन् ।

स्थानीयले कालिका नगरपालिका-९ का वडाध्यक्ष हिमबहादुर क्षेत्रीलाई समेतचुनढुंगा खानीले समग्र क्षेत्रमा प्रभाव हुने भन्दै बन्द गराउन पहल गर्न आग्रह गरेका थिए ।

हेर्नुहोस् कारण

Loading...