सलमानले चलचित्रमा डेब्यु गराउन खोजेका नवनायक जाहिरोका सवत्र चर्चा

काठमाडाैं । बलिउड अभिनेता सलमान खानलाई धेरैले चलचित्रमा डेब्यु गराउने ‘गदफादर’ मान्छन्। उनले डेब्यु गराएका कलाकारहरु अहिले चर्चित पनि भएका छन्। जरिन खान, ज्याकलिन फर्नान्डेज, अर्जुन कपूर, कट्रिना केफ उनले डेब्यु गराएका कला कार हुन्।

हालै सलमानले जाहिर इकबाललाई पनि डेब्यु गराउने भएका छन्। जाहिरका पिता र सलमानखानका पिता साथी हुन्। जाहिरलाई सलमानलाई सानैदेखि चिन्दथे। उनले आफ्नो बहिनीको बिहेमा उनलाई स्टेजमा नाचिरहेको देखे र मनमनै कल्पिए की यो केटालाई फिल्मलाइनमा ल्याउनुपर्छ भन्ने कुरा।

सलमानलाई जाहिरलाई ‘जाहिरो’ नामले बोलाउँछन्।सलमान भन्छन् जाहिर फिल्मको लागि बनेको हो, उ स्टार बन्नलायक छ र राम्रो अभिनेता हो। जाहिरलाई अब सलमानलाई ठूलो पर्दामा ल्याउने भएका छन्। एसआरके (सलमान खान फिल्मस्)को ब्यानरमा बन्ने चलचित्र काश्मिरमा खिचिनेछ र लभ स्टोरीमा आधारित हुनेछ।

यो वर्षको सेप्टेम्बर तारिखदेखि सुटिंग हुने भनिएको चलचित्रलाई नितिन कक्करले निर्देशन गर्ने भएका छन्। यस चलचित्रको नायिका पनि नयाँ अनुहार नै हुने बताइएको छ।

Loading...